बिनायक अधिकारी
हिजो १९ जुन २०२१ सनिबारका दिन अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्यानबेराले गरेको साहित्यिक कार्यक्रम बिशेष रह्यो । नेपाली दुताबास उप नियोग प्रमुख दुरपदा सापकोटाको प्रमुख आतित्यमा भएको कार्यक्रममा डा कृष्ण हमाल र डा दुर्गादत्त कणेंल बिशेष अतिथीको रुपमा रहनुभएको थियो । कार्यक्रमलाइ स्वागत अनेसास क्यानबेराका अध्यक्ष चन्द्र तिवारीले गर्नुभएको थियो ।
बिहान ठिक ११:३० मा सुरु भएको कार्यक्रममा बाल प्रतिभा अंशु भट्टराइ कवितासंगै नयॉं पुस्ताको आगमनले सबैको अनुहारमा खुसी छाएको थियो । भट्टराइलाइ सिएमएस रेडियो क्यानबेराका प्रस्तोता प्रदिप तिमिल्सिनाले उपहार प्रदान गरि हौसला प्रदान गर्नुभएको थियो । कार्यक्रममा कविता गीत र गजलले माहोल रमणीय साहित्यिक बनेको थियो । गजलकार तुल्सा पाण्डेको गजल गायनले हल गुन्जायमान भएको थियो भने श्रोताहरु ध्यानपूर्वक सुनिरहेको देखिन्थ्यो । कार्यक्रममा निम्न लिखित साहित्यिक अनुरागीहरुले आफना रचना बाचन गर्नुभएको थियो ।
![[Tags] A1322933-89D4-47FB-AD49-DA79E96CD3B1-1024x768 गजल र कवितामा मग्न क्यानबेरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/06/A1322933-89D4-47FB-AD49-DA79E96CD3B1.jpeg?resize=640%2C480&ssl=1)
१) तुल्सा पाण्डे
२) मन्जु नेपाल
३) निर्मल भट्टराई
४) महत्ता घिमिरे चापागाइ
५) बिक्रम शर्मा
६)विनायक अधिकारी
७) दुरपदा सापकोटा
८)यादव कोईराला
९) आदर्श जंग पाण्डे
१०)अभिषेक शर्मा ऊप्रेती
११) बासु चापागाई
१२) गोमा ऊप्रेती
१३)काशी भुसाल
१४)सन्तोष बराल
१५)महेश बशिष्ट
१६) अंशु भट्टराई
१७) समिर चाम्रु
१८) अनिल पौडेल
१९) प्रकाश प्रतिक्षित
२०) जीवन थापा
कार्यक्रममा अनेसास क्यानबेरालाइ यो अवस्था सम्म ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै पूर्व महासचिव बिनायक अधिकारीलाइ खादा ओढाइ सम्मान गरिएको थियो ।
![[Tags] A1322933-89D4-47FB-AD49-DA79E96CD3B1-1024x768 गजल र कवितामा मग्न क्यानबेरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/06/3CDF68CB-8F11-45C9-8B45-C37BAF37AAD3.jpeg?resize=640%2C473&ssl=1)
कार्यक्रममा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष चुडामणी सापकोटा, एएनएफएसका अध्यक्ष आदर्शजंग पाण्डे, दुताबासका अन्य कर्मचारी र थुप्रै ब्यक्तित्वहरुको जमघट रहेको थियो ।
कार्यक्रम गोल्डन स्पुन क्याफे फिसविकमा भएको थियो भने उपस्थित सबैलाइ खाजाको ब्यवस्था गरिएको थियो । कार्यक्रमलाइ अमुक संस्था र कोकोन एजुकेशन तथा माइग्रेसनले सहयोग गरेको थियो । कार्यक्रमका अध्यक्ष चन्द्र तिवारीले सम्पूर्ण साहित्यिक अनुरागीहरु लाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोग पाउने बिश्वास लिएको कुरा बताउनु भयो । कार्यक्रम संचालन संस्थाका महासचिव काशी भुसालले गर्नुभएको थियो ।
![[Tags] A1322933-89D4-47FB-AD49-DA79E96CD3B1-1024x768 गजल र कवितामा मग्न क्यानबेरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/06/EC6254EE-4B81-4605-B01F-9066E1F88981.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] A1322933-89D4-47FB-AD49-DA79E96CD3B1-1024x768 गजल र कवितामा मग्न क्यानबेरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/06/C73AAA60-EACF-417C-B76E-9C9247C170A2.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] A1322933-89D4-47FB-AD49-DA79E96CD3B1-1024x768 गजल र कवितामा मग्न क्यानबेरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/06/06B9D634-F469-4B39-9E5B-F67FB7E9B321.jpeg?resize=624%2C459&ssl=1)