नेपाली जन सम्पर्क समिति क्यानबेरा क्विनबियनले नेपालीहरुका चाडवाडको दशैं, तिहार र छठ पर्वको अवसर पारेर चियापान कार्यक्रम आयोजना गर्ने जनाएको छ । कोभिड १९ ले गर्दा झण्डै डेढ बर्षदेखि सबैकुरा ठप्प भएकोले सामाजिक कार्यक्रमहरु हुन सकेका थिएनन् । अष्ट्रेलियाले आधिकारिक रुपमा बोर्डर र अन्तर राज्य आउन जान मिल्ने बनाए संगै कार्यक्रमहरु सुचारु हुन लागेका हुन ।
मेरो कपुरी क संगको संवादमा बोल्दै समितिका सभापति अशोक सुबेदिले संगै साथिहरुसंग भेट हुने अवस्था, संस्थालाइ जोगाएर लाने चुनौति र नयॉं साथिहरुलाइ संस्थाप्रति मोह ल्याउन पनि भेटघाट र चियापानले सहयोग हुने बताउनु भयो । उहॉंले चियापान संगै बिशेष ब्यक्तित्वहरुलाइ सम्मान गर्ने कार्यक्रम रहेको पनि जानकारी दिनुभएको छ ।
कार्यक्रम निम्नानुसार रहेको छ ।
मिति : सनिबार २७ नोभेम्वर २०२१
समय : बिहान ११ देखि ४ बजे सम्म
ठेगाना : 2/61 Jerrabomberra Ave, Narrabundah ACT 2604
Total Page Visits: 1064 - Today Page Visits: 1