कपुरि क सम्वाददाता; क्यानबेरा :- झण्डै ४ बर्ष नेपाली दुताबासमा बिताएका नेपाली दुताबास उप नियोग प्रमुख राजेन्द्र पाण्डेको बिदाई कार्यक्रम गरेको छ । क्यानबेराका झण्डै ७ भन्दा धेरै संघ संस्थाहरु एनआरएनए, एएनएफएस, सिएनएफसी, अनेसास, जेएसएस, कला साहित्य प्रतिष्ठान, सिएनसिसि लगाएत रहेका थीए ।
अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाइटिका अध्यक्ष जीवन रानाले उपस्थित सबैलाई स्वागत गरेका थीए । एनआएनएका का कोअर्डीनेटर राजन ढुंगेलले राजेन्द्र पाण्डेका बारेमा गुण र अवगुणका बारेमा सबैलाई जानकारि दिए । त्यस्तै सिएनएफसीका अध्यक्ष चुडामणी सापकोटा, जेएसएसका उपाध्यक्ष भागीरथ सापकोटा, ओएनएफका अध्यक्ष नबिन पौडेल, सिएनसिसिका ब्यस्थापक राजु अधिकारीले पनि राजेन्द्र पाण्डेका बारेमा बोलेका थीए त्यस्तै कला साहित्य प्रतिष्ठानका संस्थापक डा कृष्ण हमालले राजेन्द्र पाण्डे अत्यन्तै मीलनसार, ब्यवहारिक र सबै संग मील्ने भएकाले वहांको कार्यकाल अत्यनतै सफल रहेको र वहांलाई बिदाइ गर्नुपर्दा अत्यन्तै दुखी रहेको बताए । अनेसासका महासचिब बिनाएका अधिकारीले राजेन्द्र पाण्डेको बारेमा कविता र गजल सुनाएका थीए ।

537B8FD4-374D-41F6-9305-4A5A17266E38-300x225 राजेन्द्र पाण्डेको बिदाइको हात हल्लाउदै क्यानबेरा।
बिशेष अतिथीको रुपमा बोल्दै राजेन्द्र पाण्डेले सुखी र खुसी हुन सकीयो भने त्यो नै जीवन रहेको र यहां रहदा आफु सबै नेपालीहरुसंग अपनत्व र भाइचारा कायम गर्दै बस्न पाएको र यो बसाइलाई सहज बनाइदिने सबैलाई धन्यवाद दिए ।
कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै अष्ट्रेलियाका लागी नेपाली राजदुत लक्की शेर्पाले राजेन्द्र पाण्डेको सह्राहाना गर्दै अत्यन्तै अशल र इमान्दार रहेको र उहांकै कार्यक्रालमा नेपाली दुताबासका लागी जग्गा प्राप्त गर्न सफल रहेको र यो सबै वहांकै देन रहेको कुरा पनि जानकारि दिइन ।

537B8FD4-374D-41F6-9305-4A5A17266E38-300x225 राजेन्द्र पाण्डेको बिदाइको हात हल्लाउदै क्यानबेरा।
कार्यक्रममा संझना सापकोटा र दीपक हमालको नृत्यले थप रमाइलो बनाएको थीयो त्यस्तै राजेन्द्र पाण्डेकी धर्मपत्नी सबित्रि पाण्डेले बिभिन्न भाषामा गीत सुनाएर आफनो प्रतिभा प्रस्तुत गरेकी थीईन । कार्यक्रममा कुमार केसी, अशोक बस्नेत, चुडामणी सापकोटा र राजेन्द्र पाण्डेले युगल नृत्य प्रस्तुत गरेका थीए ।

537B8FD4-374D-41F6-9305-4A5A17266E38-300x225 राजेन्द्र पाण्डेको बिदाइको हात हल्लाउदै क्यानबेरा।
राजेन्द्र पाण्डेलाई क्यानबेराका सबै संस्थाको तर्फवाट संयुक्त रुपमा मायाको चिनो प्रदान गरिएको थीयो भने अन्य ब्यक्तिगत र संस्थाहरु र सिड्नीवाट दिनेश पोखरेल, बालचन्द्र भट्टराई, बरिष्ठ पत्रकार हेमन्त काफले, कोमल पाठक र प्रकाश खरेलले पनि संयुक्त रुपमा मायाका चिनो प्रदान गरेका थीए । बिभिन्न खाजा र खानाको ब्यस्था सहित कार्यक्रमलाई थप ब्यस्थीत गरिएको थीयो । कार्यक्रमको अन्त्यमा संयुक्त रुपमा नृत्य गरेका थीए भने कार्यक्रम संचालन कुमार सापकोटाले गरेका थीए ।

537B8FD4-374D-41F6-9305-4A5A17266E38-300x225 राजेन्द्र पाण्डेको बिदाइको हात हल्लाउदै क्यानबेरा।537B8FD4-374D-41F6-9305-4A5A17266E38-300x225 राजेन्द्र पाण्डेको बिदाइको हात हल्लाउदै क्यानबेरा।

Total Page Visits: 1348 - Today Page Visits: 1
Shares