यतिबेला क्यानबेरामा मनोरन्जनात्मक कार्यक्रम भ्याइ नभ्याइ छन् । यूवापुस्ताहरुलाइ केन्द्र बनॉंउदै मनोरन्जन दिने उद्धेश्यले बिभिन्न ब्याण्ड सहितका कलाकारहरु आउने जाने क्रम चलिरहेको छ । हरेक कार्यक्रममा यूवा पुस्ताहरुको भिड उत्तिकै हुन्छ र कार्यक्रम मज्जाले चलिरहेका छन् । कार्यक्रमबाट कति नाफा र कति घाटा आयोजकलाइ नै थाहा होला खएर दर्शकले पाउने भनेको मनोरन्जन हो ।

213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 दि यात्री र रोयल नेपालले नचाउने छन् क्यानबेराका नेपाली ।
https://successedu.com.au/

फेरिपनि यस्तै मनोरन्जन गर्न पाउने भएका छन् क्यानबेराका दर्शकले । ब्लुज र फाइभ फाइभ फाइभका रुपमा चिनिने नयॉं पुस्ताका सबै खाले गीत गाउने गायकहरुका गीतले दर्शक नचॉंउनेछन् भने संगसंगै डिजे पाल्बो, यानोन र वाइजीले डिजे म्यूजिकले दर्शकलाइ बस्न दिने छैनन् ।

दि यात्री र रोयलको संयुक्त प्रस्तुति रहेको कार्यक्रमलाइ सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजन रहेको छ । गोल्ड स्पोन्सरको रुपमा अजी फाइनान्स एण्ड होम लोन रहेको छ भने सिल्भर सेपोन्सरका रुपमा दि चिम्नि नेपाली रेष्टुरेन्ट र डिस्काउंट ग्रोसरि स्टोर रहेको छ । जनरल स्पोन्सर रुपमा एभरेष्ट नेपाल ट्राभल एण्ड टुर्स र काठमाडौं अटोमोबाइल्स रहेका दछन् । फुट पार्टनरको रुपमा दि हंग्री बुद्ध र लेकसाइड रेष्ट्रो रहेका छन् ।

अवका कार्यक्रमहरु दि यात्री र रोयलले संयुक्त रुपमा गर्नेछन् । अवका कार्यक्रमहरुमा अगष्टका लागी गायकद्वय लाहुरे र डंग आउने कार्यक्रम रहेको छ भने दशैं बिशेष कार्यक्रमका लागी फुलपातीको अघिल्लोदिन एक्स ब्याण्ड, सुगम पोखरेल र नविन भट्टराइ आउने कार्यक्रम रहेको कुरा दि यात्रीका बिशाल कणेंल र रोयलका प्रदिप पाठकले संयुक्त रुपमा ‘मेरो कपुरी क’ लाइ जानकारी गराउनु भएको छ ।

213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 दि यात्री र रोयल नेपालले नचाउने छन् क्यानबेराका नेपाली ।

Total Page Visits: - Today Page Visits:
Shares