अष्ट्रेलियाका सबै राज्यहरुमा सहित राजधानी क्यानबेरामा महिलाहरुको बिशेष चाड तीजको अवसर पारेर लोकदोहरीका राजाको रुपमा परिचित पशुपति शर्मा, नव प्रतिभावान गायीका रचना रिमाल, हॉंस्यब्यँग्य तथा क्यारिकेचर गर्न माहिर यदुमे नामले परिचित सुबोध गौतम र काकु नामले परिचित कलाकार दीपक आचार्य आउनुहुने भएको छ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 लोकदोहोरी गीतका राजा क्यानबेरा ऑंउदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=640%2C169&ssl=1)
ग्रेस इन्टरनेशनलको मुख्य प्रायोजनमा डि बोइज इभेन्ट्स र भाइचारा ग्रुपको संयुक्त आयोजनामा हुन लागेको “तीज धमाका २०७९” कार्यक्रमलाइ निशुल्क प्रवेश राखिएको छ । ब्लुबेरी रियलस्टेट मेलबर्नले प्लाटिनम स्पोन्सरको रुपमा सहयोग गरेको छ भने लेकसाइड गोर्खा, दि यात्री, कोकोन एजुकेशन, सफ़ारी ट्राभल, सक्सेस एजुकेशन एण्ड भीजा सर्भिस, द रोएल नेपाल इभेन्ट्स र दि हंग्री बुद्ध सहयोगी संस्थाका रुपमा रहेका छन् । कार्यक्रम अगष्ट ५ शुक्रबारका दिन सॉंझ ६ बजे देखि वेष्टर्नक्रिक नेवरहुड हल वेष्टर्नक्रिकमा हुनेछ । आयोजकले कार्यक्रम भव्य र सभ्य बनाइदिन समस्त क्यानबेरा तथा क्विनबियन बासीहरुलाइ अनुरोध गरेको छ ।
भाइचारा ग्रुपले सामाजिक हितका निमित्त कार्यहरु गर्ने र यसैको सुरुवात तीजका लागी सॉंगीतिक सहित हॉंस्य ब्यग्यं कार्यक्रम गरेको कुरा ग्रुपका दुइ अगुवाहरु प्रशान्त अधिकारी र प्रख्यात नेपालले बताउनुभयो । भोलिका दिनमा पनि यस्तै कार्यक्रमहरु ल्याउने योजना रहेको भाइचारा ग्रुपले बताएको छ ।