जुलाइ २९ क्यानबेरा : सनातन समाज अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाको राजधानी क्यानबेरामा अगष्ट १७-२४ गते सम्म श्रीमद्भागवत महापुराण सप्ताह हुने भएको छ । बाचन प्रवीण दिनबन्धु पोखरेल मुख्य वाचक रहनुहुने भएको छ । समाजका अध्यक्ष सन्तोष मल्लको अध्यक्षतामा सनातन समाजले गरेको छलफल कार्यक्रममा संस्थाका संचालक सदस्य बासु ढकालले उक्त जानकारी गराउनु भएको हो ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा बाचन प्रबीण दिनबन्धु पोखरेल ऑंउदै : सनातन समाजद्वारा श्रीमद्भागवत महापुराण सप्ताह आयोजना ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=640%2C169&ssl=1)
सनातन समाज अस्ट्रेलिया को संयोजनमा हुन गईरहेको
श्रीमद्भागवत महापुराण सप्ताह सफलता पूर्वक संचालन/समापन गर्ने उद्देश्य सहित Canberra/ Queanbeyan क्षेत्रका बिभिन्न संघ संस्था का प्रतिनिधी ज्यूहरू, सामाजिक अभियन्ता ज्यूहरू, ब्यावसायिक व्यक्तित्वहरू, तथा नेपालबाट आउनु भएका अभिभावक हरूसहितको सामूदायिक छलफल तथा सप्ताह मूल आयोजक समिति गठन सम्बन्धमा गहनता पूर्वक तपसिल बमोजिमको “श्रीमद्भागवत महापुराण सप्ताह मूल आयोजक समिति” गठन गरिएको छ।
“श्रीमद्भागवत महापुराण सप्ताह मूल आयोजक समिति” निम्नुसार रहेको छ ।
संयोजकः डा. कृष्ण हमाल
उपसयोजकः १. राजन ढुंगेल २. जीवन राना
महासचिवः बिक्रम सुबेदी
सचिवः बासु चापागाई
कोषाध्यक्षः लेखराज पोखरेल (प्रकास)
सहकोषाध्यक्षः सुदिप बांस्तोला
सदस्यहरुः सम्पूर्ण उप- समितिका संयोजक, उप-संयोजक तथा अन्य गठन गरिएका उप समिति हरू र यसका संयोजकः
१ आर्थिक योजना तथा अर्थ ब्यवस्थापन उपसमितिः संयोजक बिबेक लोहनि र उपसंयोजक सुमित्रा जोशी
२ प्रचार प्रसार उपसमितिः संयोजक बिनायक अधिकारी
३ जन सम्पर्क अघिकारीः खुस्बु न्यौपाने
४ झांकि तथा नृत्य उपसमितिः प्रकास केसी
५ प्राविधिक संयोजकः आशिस सापकोटा
६ अतिथी सत्कार उपसमितिः माधव खनाल
७ स्वयं सेवक परिचालन उपसमितिः संयोजक अशोक बस्नेत, उप संयोजक संजय धिमिरे
८ लजिस्टिक(भण्डार, भोजन ब्यवस्थापन तथा आवास) उपसमितिः संयोजक बिनोद धिमिरे, उप संयोजक गणेश खरेल
९ सामान खरिद उपसमितिः संयोजक हेमन्त भण्डारि
१० पूजन ब्यवस्थापन उपसमितिः संयोजक प्रमोद आचार्य, सदस्य बासु ढकाल, बिष्णु भण्डारी
११ दाता पहिचान समितिः राजु अधिकारी
अन्य उप- समिति हरू क्रमश निर्घारण गर्दै लगीनेकुरा समाजले जनाएको छ । यदि कोहि ईच्छुक हुनुहुन्छ मूल समितिमा बस्न भने पनि समाजको सम्पर्कमा आउनुहुन पनि अनुरोध गरिएको छ । विस्तृत विवरण क्रमश सनातन समाजको फेसबुक पेज मार्फत जानकारी गराईनेछ। सनातन समाजले बिसुद्ध धार्मिक कार्यक्रम रहेको र यो सबै सनातनहरुका लागी भएकाले सबैलाइ सकेको सहयोग गरिदिनुहुन अध्यक्ष सन्तोष मल्लले अनुरोध गर्नुभएको छ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा बाचन प्रबीण दिनबन्धु पोखरेल ऑंउदै : सनातन समाजद्वारा श्रीमद्भागवत महापुराण सप्ताह आयोजना ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/6C29C086-71BA-4FDA-8CFA-FB9CEE28C1D6.jpeg?resize=640%2C308&ssl=1)
आयोजक संस्थाले कार्यक्रमबाट उठेको पैसाबाट मन्मदिर बनाउने प्रमुख लक्ष बनाउने र त्यसैमा मिले सम्म एज्ड केयर र पुस्तकालय सहितको हल बनाउन सके नेपालीहरुको आवस्यकता अनुसारको हल हुने र यसमा सबैको पहल आवस्यक रहेको कुरा सचिव बासु चापागॉंइले बताउनुभएको थियो ।
श्रीमद्भागवत महापुराण सप्ताह हुने स्थान : क्यानबेरा ग्रेडाउण्ड रेसिंग क्लव
२३५ न्याराबुन्डा लेन साइमस्टन
Address: Canberra Greyhound Racing Club
235 Narrabundah Ln, Symonston ACT 2609
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा बाचन प्रबीण दिनबन्धु पोखरेल ऑंउदै : सनातन समाजद्वारा श्रीमद्भागवत महापुराण सप्ताह आयोजना ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/B32BC9AD-9B65-4BAC-9627-C00B17390B4B-scaled.jpeg?fit=640%2C354&ssl=1)
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा बाचन प्रबीण दिनबन्धु पोखरेल ऑंउदै : सनातन समाजद्वारा श्रीमद्भागवत महापुराण सप्ताह आयोजना ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/C5AFFCF6-60EC-4CA5-A1D7-ED750BC656D4-scaled.jpeg?fit=640%2C284&ssl=1)