१५ अगष्ट क्यानबेरा : अष्ट्रेलियाको राजधानी क्यानबेरामा एकदिवसीय टी १० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा बंगलादेशी, श्रीलंकन, पाकिस्तानी, नेपाली सहित सिड्नीबाट गरि ८ क्रिकेट क्लबहरु सहभागी हुने कुरा क्लवका अध्यक्ष कृष्ण सुबेदिले बताउनुभएको छ । एभरेष्ट एजुकेशन एण्ड भीजा सर्भिसेजको मुख्य प्रायोजनमा बुद्ध नेपलिज क्रिकेट क्लवले गर्न लागेको प्रतियोगीता “एभरेष्ट कप २०२२” डिक्सन डिष्ट्रिक खेल मैदानमा हुन लागेको हो ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा टी १० क्रिकेट प्रतियोगीता हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=239%2C63&ssl=1)
एशिया मुलका तथा अष्ट्रेलियाली क्लबहरुका बीच भाइचारा सम्बन्ध स्थापित गर्ने आफनो उद्देश्य रहेको अध्यक्ष सुबेदिले बताउनुभयो । प्रतियोगितामा हेर्नका लागी अष्ट्रेलियाका विभिन्न स्थानहरुबाट खेलप्रेमी दर्शकहरुको उल्लेखनिय उपस्थिति हुने र सो खेलको दौरानमा नेपाली खानाको स्वाद लिन पाइने समेतको व्यवस्था गरिएको क्लबका क्याप्टेन अर्जुन केसीले बताउनुभएको छ । नेपाली खानाको व्यवस्थापन र प्रायोजन द टेष्ट अफ हिमालय र लेक साइड रेष्ट्रोका साथै सह प्रायोजनका लागि र्याशिज ( Rashys) ले सहयोग गरेका छन् भने आरके होम लोन र एसएण्डएस एकाउन्टिगंको पनि सहयोग रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले १ हजार ५ सय डलर र ट्रफी लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार प्रदान गर्ने कुरा क्लवले जनाएको छ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा टी १० क्रिकेट प्रतियोगीता हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/529B1AA3-6D43-4DFA-9639-88F1CDF24480.jpeg?resize=640%2C480&ssl=1)