संझना सापकोटा

DB1678F1-C88C-4B93-A643-90A31BA01597-1024x683 तीजको संझना ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा
स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नरिहरुलाई हरितलिका तीजको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 🙏🏻 हिन्दु नारीहरुले धर्म प्रति आस्था र बिश्वाश राख्ने हुनाले हाम्रो धर्म ,परम्परा र सस्कृति लाई संसार भरी नै पहिचान गराउदै ओजेल पर्नबाट जोगाई रहेकाछन्। यदपी तीज तीन दिनको तीज लाई लगभग एक महिना देखी नै मनायको पनि देखियको पाईन्छ,आमाले किनेको जामा अनी त्यो जामा साथी सङीलाई देखाउनी आतुर अनी फेरी दर खानको पर्खाइ, त्यो दतुनको डाठ टोक्न आतुर फेरी झिलिमिली चुरा अनी आमाको निधारको जस्तो टिकी त्यो बलपान खोजेर कहाँ पाईन्छ र ।

DB1678F1-C88C-4B93-A643-90A31BA01597-1024x683 तीजको संझना ।
https://successedu.com.au/

खोइ…..माइतीको आगन तेत्ती नै प्यारो छ्, जत्ती टाढा त्यती माया गाढा सायद् यही भयर होला त्यो बेला तीज भनेको माइत जानी अनी बर्ष भरिको थकान मेट्नी,माइत बाबा आमा दाजु भाई सँग दिदी बहिनी बसेर बर्ष भरिको मिठो भेटघाट अनी माइतीको मिठो दर जहाँ बिशेष हुन्थ्यो भने आजभोली एक दुई महिनाको तीजको दर अनी यो बिदेशको कार्य पनि कहाँ सजिलो छ् र तर पनि आफ्नो सस्क्रिती को जेगार्न गरेको देख्दा साह्रै आनन्दको आभास हुन्छ । चाडपर्वमा देशमा हुनु र बिदेश हुनु साच्चै फरक छ । देशमा हरेक पर्वमा आफनो पन हुन्छ, आफनाहरु संगै हुन्छन्, आफनाहरु संगै बसेर रमाइलो गर्नु आफनै मज्जा हुन्छ तर बिदेशमा रहदा हरेक कुरामा केहि गुमाइरहेका छौं भन्ने भान हुन्छ । जे होस जहॉं रहेपनि जसरि रहेपनि आफनो चाड पर्व र धर्म संस्कृति नभुलौ मेरो यहि कामना छ ।

DB1678F1-C88C-4B93-A643-90A31BA01597-1024x683 तीजको संझना ।

Total Page Visits: - Today Page Visits:
Shares