![[Tags] E7A092A0-9476-4AEB-89EA-AAC4B92CAFE5-1024x709 ज्ञान र मिठो बोलिले सबैको मन जित्दै पण्डित अधिकारी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/E7A092A0-9476-4AEB-89EA-AAC4B92CAFE5.jpeg?resize=286%2C198&ssl=1)
२०४७ साल असार २२ शुक्रबार जन्मनुभएका पंण्डित ज्योतिष बालचन्द्र अधिकारीले गुरुकुलिय शिक्षा अध्ययन गर्दै आचार्य सम्म पढ्नुभएको हो । नेपालकै बिध्यालय र बनारसी पनि अध्ययन गरि सोसोलोजी बिषयमा पनि त्रिभुवन बिश्वबिध्यालयबाट स्नाकोत्तर गर्नुभएको छ । उहॉंको बिशेष रुचिकर बिषय भनेको ज्योतिष बिध्या पनि हो उहॉंले यहि ज्योतिष बिषयमा पनि स्नातकोत्तर तह सम्मको अध्ययन गर्नुभएको छ ।
![[Tags] E7A092A0-9476-4AEB-89EA-AAC4B92CAFE5-1024x709 ज्ञान र मिठो बोलिले सबैको मन जित्दै पण्डित अधिकारी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=241%2C64&ssl=1)
१४ बर्षको कलिलो उमेरमा गोसाइकुण्डमा एकहप्ता भागवत पाठ गर्नुभएका पंण्डित अधिकारीले १४ बर्षको उमेरदेखि भागवत र १६ बर्षको उमेरदेखि कथा बाचन गर्न सुरु गर्नुभएको हो ।
उहॉंको कण्ठ प्रिय स्वरबाट १०० भन्दा बढि कथाबाचन गरिसक्नु भएको छ । उहॉंका धर्म संस्कृतिका बिभिन्न बिषयका साथै कस्ता चाडपर्वमा के गर्ने र के गर्न हुदैन भन्ने लेख रचना तथा भिडियोहरु प्रकाशन भएका छन् । हाल सिड्निको नेपाली हिन्दु सोसाइटिको पण्डितका रुपमा कार्यरत अधिकारी योग प्रशिक्षकका रुपमा पनि योग शिक्षा प्रदान गर्दै आउनुभएको छ भने तपॉंइहरुलाइ ज्योतिष शास्त्रका बारेमा जुनसुकै जिज्ञासा रहेपनि उहॉंले जानकारी दिन सक्नुहुनेछ ।
नेपालका चर्चित टेलिभिजन कान्तिपुर, प्राइम र अध्यात्ममा ज्योतिष तथा बास्तु शास्त्र सम्वन्धि कार्यक्रमबाट दर्शक श्रोतालाइ आफुमा भएको ज्ञान बाढिसक्नुभएका पंण्डित अधिकारी अत्यन्तै मृदुभाषी र सरल ब्यक्तित्व हुनुहुन्छ । भर्खरै क्यानबेरामा सम्पन्न महापुराणमा पनि अत्यन्तै रुचाइनुभएका गुरु सरल स्वभाव र सबैसंग छिट्टै घुलमील हुनसक्ने र कसैसंग नरिसाउने गुरुको स्वभावले क्यानबेरामा सबैसंग प्रिय बनाएको छ । उहॉंको स्वर, वाचन शैलि र मिठो बोलिले गर्दा पनि उहॉंले कथा बाचन गर्न थालेपछि भक्जनहरुको भिड हुने गर्दछ ।
मानिसहरुले पहिला यो पेशालाइ अलिक गलत नजरले हेर्ने गरेतापनि हिजोआज भने परिवर्तन भएको छ र हामीहरु धेरैजना गुरुकुल शिक्षा लिएर आएका हुनाले पनि हेर्ने नजरमा परिवर्तन आएको उहॉंको जिकिर थियो । हिजोआज हामीलाइ हेर्ने नज़र र सम्मान गर्ने प्रचलन बढ्दो छ यसले गर्दा हामीलाइ पनि सनातनिय धर्ममा लागेकोमा गर्व लागेको अनुभव हामीसंग साट्नुभएको थियो । यो पेशामा लागेर आफु अत्यन्तै खुसी रहेको र यसैबाट आफु र आफनो परिवार शुख पुर्वक पाल्न गार्हो नहुने गुरुको भनाइ थियो । अष्ट्रेलियाको नेपाली समाजले उहॉं जस्तो यूवा पाउनु सुखद कुरा हो ।