‘गजल मुशायरा’ कार्यक्रमको नयॉं संस्करण अष्ट्रेलियाको ब्रिसवेनमा हुने भएको छ । सिड्नीमा छ वटा सफल श्रृंखलाहरू, ब्रिसबेनमा यौटा, एडिलेडमा यौटा, अल्बेरीमा यौटा भव्य संस्करणहरू र नेपाल(नुवाकोट) र मलेशियामा दूई संस्करण सहित अवको कार्यक्रम आयोजना हुने भएको हो । यो कार्यक्रम आगामी सेप्टेम्वर १७ तारिख सनिबारका दिन अपरान्ह ३ बजेदेखि हेमिल्टन टाउन हलमा हुन गैरहेको छ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 गजल मुशायराले गुन्जदै ब्रिसवेन । अष्ट्रेलियाभरबाट गजलकार ऑंउने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=197%2C52&ssl=1)
गजलको एउटा सम्पूर्ण कार्यक्रम गजल मुशायरामा २० जना गजलकारहरुको गजल वाचन सहित नेपाल आइडलका सिजन २ का उप बिजेता बिक्रम बरालको लाईभ गजल गायन हुनेछ भने जमुना सुबेदी तथा एलिना न्यौपाने द्वयको गजलमा नृत्य पनि प्रस्तुत गरिने छ। गजल वाचनमा यस पटक सिड्नी, ब्रिसबेन, तास्मानिया, मेलबर्न तथा क्यानबेरा शहरबाट गजलकारहरुले साथ दिनुहुने कुरा यस कार्यक्रमका संयोजक डा केशव शर्माले जानकारी दिनुभएको छ ।
मोती जयन्तीको अवसरमा २०१४ देखि सिड्नीमा आयोजना हुँदै आएको गजल मुशायरा कार्यक्रम गजल तथा साहित्य मन पराउनु हुने व्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम भएको र ब्रिसवेनको दोस्रो संस्करणले अष्ट्रेलियामा रहनुभएका साहित्यिक पारखी र गजलकारहरुलाइ अझ तताउनेमा विश्वस्त रहेको जानकारी गजल मुशायराका संयोजक जितेन्द्र मल्लले दिनुभएको छ । गजल मुशायराको मुख्य आकर्षक पक्ष भनेको भाषण नहुनु हो, अनावस्यक नबोल्नु हो । चट्ट स्टेजमा आउने आफना गजल भन्ने र फर्कने । सबै अतिथी सबै श्रोता सबैलाइ समान सम्मान । त्यसैले त गजल मुशायरा परिवारलाई संसारभरि छरिएर रहेका नेपाली गजल सर्जकहरूले अगाध स्नेह देखाएका छन् ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 गजल मुशायराले गुन्जदै ब्रिसवेन । अष्ट्रेलियाभरबाट गजलकार ऑंउने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/09/ABFA77B0-58C2-40A2-900F-2D6D8DBCF91E.jpeg?resize=640%2C904&ssl=1)