कपुरि क सम्वाददाता : आज मिति २०१८ मार्च १७ सनिवारका दिन क्यानबेरामा वाक् फ़र वेयलफेयर वेयलफेयर फ़र वुमेन भन्ने नाराका साथ सम्पन्न भएको छ । १७५ जना एनआरएनका सदस्य भएको कानबेरामा ४० जना सदस्यहरुले वाक् फर वेयलफेयरका लागी रजिष्ट्रेशन गरेको कुरा एनआरएनए एसीटिका संयोजक राजन ढुंगेलले जानकारि दिए । यो भन्दा अघि सिड्नीमा पनि वाक फर वेलफेयर सम्पन्न भैसकेको छ जसमा रजिष्ट्रेसन गर्नेको संख्या झण्डै १५० को संख्यामा रह्यो । प्रतिशतको आधारमा हेर्ने हो भने हामी सफल भएका छौ ढुंगेलले भने ।
![[Tags] 275D600C-652C-495A-9EF2-2A0B852CCD49-300x225 वाक् फर वेयलफेयर : सिड्नी भन्दा क्यानबेरा सफल](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/03/275D600C-652C-495A-9EF2-2A0B852CCD49.jpeg?resize=300%2C225&ssl=1)
८:३० बजेवाट भेला भएका क्यानबेराबासी टिसर्ट र पानि लिएर आएकी केन्द्रीय संयोजक प्रतिज्ञा अधिकारिको प्रतिक्षामा देखिन्थे । झण्डै ९:१५ बाट ग्लीव पार्कवाट सुरु भएको वाक् क्यानवेराको मुख्य शहरको परिक्रमा पछि सोहि स्थानमा आएर टुगींएको थीयो । शहर परिक्रमाको जानकारि एनआरएन अष्ट्रेलियाका सल्लाहकार डा सिताराम घिमिरेले गरेका थीए ।
![[Tags] 275D600C-652C-495A-9EF2-2A0B852CCD49-300x225 वाक् फर वेयलफेयर : सिड्नी भन्दा क्यानबेरा सफल](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/03/13F0793B-7DE6-4C07-9F06-B38EA0C57E10.jpeg?resize=300%2C169&ssl=1)
कार्यक्रमको सा पन्ना बोल्दै सबिना महर्जनले
वुमेन भ्वाइलेन्स, मेन्टल हेल्थ अन्य थुप्रै समस्याका कारण र समाधानका बारेमा जानकारि दिएकी थीइन ।
कार्यक्रममा एनआरएनए एनएसडब्लु संयोजक नन्द गुरुगं, एसिटीका सचिव बावुराम पौडेल, सिएनएफसी का अध्यक्ष चुडामणी सापकोटा, ओएनएफका अध्यक्ष नविन पौडेल र अन्य थुप्रै क्यानबेरा बासी र पत्रकारहरुको पनि उपस्थिति रहेको थीयो ।