4FE70310-DC56-4379-A08D-5629C61018A6 गायक सुजन चापागॉंइलाइ तिनपाते मॉंया ।

यूवा पुस्ताका गायक सुजन चापागॉंइलाइ क्यानबेराका दर्शकले तिनपाते मॉंया दिएका छन् । हिजो १९ अप्रिल बुधबारका दिन बेसमेन्ट क्यानबेरामा रातीको ९ बजेदेखि सुरु भएको कार्यक्रममा दर्शकको उल्लेख्य सहभागीता नभएता पनि भएका दर्शकले भरपुर मॉंया दिएका हुन ।

क्यानबेरामै रहेर गायन क्षेत्र रुचाउने गाएक कौशल शर्माले पनि यो मन त मेरो नेपाली हो देखि अन्य गीतहरु गाइरहदॉं दर्शकहरुले मॉंया दिइरहेका थिए भने गायक शर्मा पनि दर्शकहरुको उर्जालाइ घट्न नदिन कम्मर कसेर गाइरहनु भएको थियो । शर्माले ५ वटा गीत सकेपछि गायक सुजन चापागाइ र उहॉंका ब्याण्डले आफनो सॉंगीतिक कार्यक्रम सुरु गरेको थियो । चापागॉंइले गाला पुक्क पुक्क, तिनपाते -देखेर तिमिलाइ, चुलबुल चुलबुल, बाफ र लैजारे जस्ता गीतहरु गाउनुभएको थियो भने एउटा झ्याउरे भैराको गीतमा दर्शकहरु मजाले नाचेका थिए । “खासमा सुजन चापागाइका गीतहरु स्टेजबाट भन्दा पनि सान्त हलमा अल्कोहलको चुस्की लिदै सुन्ने खालका हुन त्यसरि सुन्न पाएको भए आनन्द आउथ्यो क्यानबेराका स्थानिय बासिन्दा बिर पोदारको बिचार थियो” । जे होस दर्शकहरुको वान्समोर वान्समोरको कमी भने थिएन । दर्शकहरुले तिनपाते गीतलाइ असाध्य मन पराएका थिए । गायक चापागाइलाइ गायनमा सेलिना बिकले साथ दिनुभएको थियो । अन्त्यमा डिजे वाइजीले दर्शक नचाउनु भएको थियो ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 गायक सुजन चापागॉंइलाइ तिनपाते मॉंया ।

आयोजक समीर आचार्यले कार्यक्रम स्तरिय रहेको र दर्शक जति आउनुभएको छ सबै सुजन चापागाइ भनेर सुन्नका लागी आउनुभएको छ । सबै दर्शक श्रोता, स्पोन्सर र सहयोगी हातहरुलाइ आचार्यले धन्यवाद ब्यक्त गर्नुभएको छ । कार्यक्रमलाइ ग्लोवल स्कलर एजुकेशन एण्ड भीजा सर्भिसको प्रस्तुत गरेको थियो भने एभरेष्ट एजुकेशन एण्ड भिजा सर्भिसले सह प्रायोजन गरेको थियो । पावर वाइमा आर के होम लोन रहेको थियो ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 गायक सुजन चापागॉंइलाइ तिनपाते मॉंया ।

Total Page Visits: - Today Page Visits:
Shares