![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा एनआरएनए स्टेट भलिवल कप हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/4FE70310-DC56-4379-A08D-5629C61018A6.gif?resize=626%2C80&ssl=1)
क्यानबेरामा नेपाली भलिवल खेलाडिहरुलाइ एकिकृत गर्ने उद्धेश्य सहित मानसिक र शारिरिक स्वास्थ्यलाभ खेलबाट पनि राम्रो बनाउन सकिन्छ भन्ने आशा राखेर स्थापित क्यानबेरा नेपलिज भलिवल क्लवले १० जुन सनिबारका दिन बारबिक्यू कार्यक्रम गरेको थियो । क्लवका प्रायोजकहरु, सामाजिक ब्यक्तित्वहरु र खेलाडिहरु सहितको बारबिक्यू कार्यक्रम गत महिना भुटनिज समाजद्वारा संचालित भलिवल प्रतियोगीतामा प्रथम भएर नगद पुरस्कार र ट्रफि पाएको अवसरमा भएको थियो ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा एनआरएनए स्टेट भलिवल कप हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/06/IMG_6636-2.jpeg?resize=640%2C360&ssl=1)
बारबिक्यू कार्यक्रम संचालन गर्दै क्लवका कोषाध्यक्ष जीवन थापाले सबैलाइ स्वागत सहित धन्यवाद ब्यक्त गर्नुभएको थियो । क्लवका अध्यक्ष यूवराज खनियाले प्रायोजक र उपस्थित सबैलाइ धन्यवाद ब्यक्त गर्दै आउदो ८ जुलाइमा क्यानबेरामा पहिलो पटक स्टेट स्तरिय भलिवल प्रतियोगिता एनआरएनए अष्ट्रेलियाको प्रायोजनमा “एनआरएनए स्टेट कप” हुने बताउनुभएको थियो । यसका लागी एनआरएनए अष्ट्रेलियाका सबैलाइ धन्यवाद ब्यक्त गर्नुभएको थियो । त्यस्तै भुटनिज कपमा पहिलो हुन सफल भएकोमा बधाइ दिदै भोलिका दिनमा पनि प्रायोजकहरुको मुख्य भूमिका रहनेहुनाले सदैव सहयोगको कामना गर्नुभएको थियो । र उक्त ट्रफि सक्केसको नाममा हस्तान्तरण गर्नुभएको थियो ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा एनआरएनए स्टेट भलिवल कप हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/06/IMG_6629-3.jpeg?resize=640%2C458&ssl=1)
त्यस्तै एनआरएनए अष्ट्रेलियाका महासचिव राजु अधिकारीले क्लवका खेलाडिहरुलाइ बधाइ तथा शुभकामना दिदै एनआरएनए अष्ट्रेलियाको अवधारणा मा हरेक बर्ष प्रतियोगिता गर्ने र यसलाइ निरन्तर सहयोग रहने कामना गर्नुभएको थियो । उहॉंले आउने प्रतियोगितामा सबै स्टेटलाइ सहभागीतामा जोड दिन आग्रह गर्नुभएको थियो । भलिवल प्रतियोगितामा एनआरएनए टाइटल स्पोन्सर रहन पॉंउदा गर्वको अनुभूति रहेको बताउनुभएको थियो ।
क्लवका मुख्य प्रायोजक सक्सेस एजुकेशन एण्ड भीजा सर्भिसका आदर्शजंग पाण्डेले एनआरएनए कप हुने सुन्न पॉंउदा गर्व लागेको बतॉंउदै आफुले स्पोर्टस एसोसिएसनको लागी सानो पहल गरेको र त्यसमा सबै खेलकुद रहने प्रयास गरेको हुनाले त्यसमा सबैको सहयोग आवस्यक रहेको बतॉंउदै आफु यस भलिवलको सहयोगी हुनपॉंउदा खुसी रहेको कुरा ब्यक्त गर्नुभएको थियो ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा एनआरएनए स्टेट भलिवल कप हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/06/IMG_6620-1.jpeg?resize=640%2C386&ssl=1)
एनआरएनए स्टेट कपमा नेपाली सहित सबै देशका टिम सहभागी हुन सक्ने कुरा क्लवले जानकारी दिएको छ । खेल ८ जुलाइ सनिबारका दिन बिहान ८ बजेबाट सॉंझ ८ बजे सम्म
ह्यारिसन स्कुल, क्यानबेरामा हुनेछ । खेलको अन्य जानकारी अर्को समाचारमा आउने छ । क्लवले सबै क्यानबेरा/क्विनबियन बासीहरुको सहयोगको अपेक्षा गरेको र त्यो पुरा हुने कुरा क्लवका सचिव राजकुमार केसिले बताउनुभएको छ ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा एनआरएनए स्टेट भलिवल कप हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/06/IMG_6640.jpeg?resize=640%2C905&ssl=1)