जनसम्पर्क समिति क्यानबेराले आयोजना गरेको दूई दिने रक्तदान 🩸 कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । नेपाली समाजबाट ५१ जना रक्तदाताले रक्तदान गर्नु सामान्य कुरा होइन । यो एउटा नेपाली समाजले अष्ट्रेलियन समाजलाइ गरेको सहयोग पनि हो ।
![[Tags] IMG_3353-300x300 रक्तदानले देखाएको सामाजिक आत्मियता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/06/IMG_3362.jpeg?resize=640%2C474&ssl=1)
रक्तदान कार्यक्रम यहि जुनको ७ र ८ २०२४ मा सम्पन्न भएको छ । शुक्रबार र सनिबार दुइदिन लगाएर गरिएको कार्यक्रम चले नेपाली समाजको एकजुट रहने पक्षलाइ पनि मद्धत गरेको छ ।“रक्तदान जिबन दान “ जस्तो पून्य कर्ममा उपस्थित भएर रक्तदान गर्नुभएको मा आयोजक संस्थाका अध्यक्ष ललित मल्ले आफनो ब्यक्तिगत तर्फवाट तथा जनसम्पर्क समितिको तर्फ बाट हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको छ र मल्लले यस कार्यले सबैलाइ एकजुट हुन र सदैव सामाजिक कार्यमा लाग्न प्रेरित गर्ने कुरा पनि ब्यक्त गर्नुभएको छ ।
![[Tags] IMG_3353-300x300 रक्तदानले देखाएको सामाजिक आत्मियता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/06/IMG_3365.jpeg?resize=640%2C421&ssl=1)
रक्तदान कार्यक्रम Red Cross House, 3 Dann Cl, Garran ACT 2605 मा भएको कार्यक्रम मा ५१ जना ले रक्तदान 🩸 गरेका गरिनुभएको हो । जसमा १० जनाले Plasama र बाकीले Whole Blood दिनु भयको हो ॥
![[Tags] IMG_3353-300x300 रक्तदानले देखाएको सामाजिक आत्मियता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/06/IMG_3364.jpeg?resize=640%2C501&ssl=1)
जम्मा रक्तदातामा ६० प्रतिशत नया र ३६ बर्ष मूनीका रक्तदाता रहनुभएको थियो । रक्तदान कार्यक्रम आयोजना गरेर सहयोग गरेकोमा रेडक्रस ग्यारनकि म्यानेजर Shally ले उत्साहित हूदै नेपाली कम्यूनिटी लाई धन्यवाद दिदै नेपाली समाज प्रति सहयोगको लागी हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
![[Tags] IMG_3353-300x300 रक्तदानले देखाएको सामाजिक आत्मियता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/06/IMG_3363.jpeg?resize=640%2C451&ssl=1)
आयोजक संस्था जन सम्पर्क समिति क्यानबेराले कार्यक्रम सफलता को लागी सहयोग गर्न आबद्ध संस्था BNCC, CNCC, BUCC , ONF , NPPF, NJSSP, मेरो कपुरी क, CMS FM र Himalayan Grokhas Cricket Club, JA Brothers सहित सम्पूर्ण क्यानबेरा क्षेत्रका सहयोगी मन लाई हृदय देखी धन्यवाद ब्यक्त गरेको छ ।
![[Tags] IMG_3353-300x300 रक्तदानले देखाएको सामाजिक आत्मियता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/06/IMG_3354.jpeg?resize=640%2C385&ssl=1)
![[Tags] IMG_3353-300x300 रक्तदानले देखाएको सामाजिक आत्मियता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/06/IMG_3358-2.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] IMG_3353-300x300 रक्तदानले देखाएको सामाजिक आत्मियता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/06/IMG_3353.jpeg?resize=300%2C300&ssl=1)