मेरो कपुरि क सम्वाददाता; क्यानबेरा :- बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि क्यानबेरा नेपलिज फुटवल क्लव (CNFC) ले नयॉं बर्ष २०७५ को अवसरमा नयॉं बर्ष कप फुटवल खेल आयोजना गर्ने भएको छ । २८ अप्रिलका दिन हुने फुटवलमा क्यानबेराका सबै उमेर समूहमा खेल हुनेछ । पुरुष, महिला र बालवालिका सबै उमेर समूहका फुटवल खेल हुनेछन् र यसका लागी पुरुषले प्रतिब्यक्ति $२५ दर्ता शुल्क वापत बुझाउनु पर्ने छ यसमा लन्च बक्स दिने ब्यवस्था गरिएको छ सिएनएफसी का अध्यक्ष चुडामणी सापकोटाले भने । यो हामी क्यानबेरा र क्विनबियन क्षेत्रका सबैलाइ फुटवल खेलप्रति जागरुक गर्ने उदेश्यले गरिएको हो त्यसैले सबैलाइ खेलमा सहभागी भइ खेलाडीहरुमा उर्जा प्रदान गरिदिन सापकोटाले आग्रह गरेका छन् । सबैका लागी नाम दर्ता २२ अप्रिल आइतवारका दिन सम्म समय तोकिएको छ । २०१४ बाट सुरु भएको नयॉं बर्ष कप फुटवलको बिकास र निरन्तरताका लागी हाम्रो प्रयास सदैव रहिरहने छ उनले थपे । थप जानकारिका लागी यसका लागी क्लवले सम्पर्क गर्न आग्रह गरेको छ ।
कार्यक्रमको बिवरण तल दिइएको छ।
स्थान : Fellows Oval, ANU
Date : Saturday 28th July 2018
Time : 8 am E93C1106-F05A-4D08-BD4F-9E4568A58694-205x300 क्यानबेरामा नयॉं बर्ष कप फुटवल हुदै ।

Total Page Visits: 1396 - Today Page Visits: 2
Shares