अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु च्याप्टरको आयोजनामा यहि २७ मे २०१८ आईतबारका दिन “बाल कविता महोत्सव ” आयोजना हुने भएको छ ।
अष्ट्रेलियामा रहेका नेपालीभाषी बालबालिकाहरुमा नेपाली भाषा र साहित्यप्रति रुची उत्पन्न गर्ने तथा आफ्नो भाषा, संस्कृती र साहित्यप्रति उत्तरदायित्व महशुश गर्न प्रोत्साहन गर्ने मूल उदेश्य सहित आयोजना गर्न लागिएको सो कार्यक्रममा ५-१४ वर्ष उमेर समूहका बाल-प्रतिभाहरूले भाग लिन पाउने र लिखित कविता सहित बाच्नका सहभागि हुन अनुरोध गरेको छ ।
अनेसास एनएसडब्लु च्याप्टरले सहभागी बालबालिका मध्ये तीन जनालाई बिशेष पुरस्कारको ब्यबस्था गरेका छौँ भने सहभागी सम्पूर्ण बालबालिकाहरुलाई प्रमाणपत्र र नेपालबाट प्रकाशित भएको कुनै एक नेपाली बालसाहित्य प्रदान गर्ने जानकारि गराएको छ ।
कार्यक्रम स्थान : Ashfield Polish Club (73 Norton Street, Ashfield, NSW)
मिती : २७ मे २०१८ आइतबार (27 May 2018, Sunday)
समय: दिउंसो १:३० बजे देखि ४ बजे सम्म (1:30pm – 4pm)
प्रतियोगितामा नियमहरु यस प्रकार रहेका छन् ।
1. ५ बर्ष देखि १४ वर्ष सम्मका बालबालिकाहरुले बाल साहित्य महोत्सवमा भाग लिन पाउनेछन्।
2. कविता प्रतियोगिताको लागि कविताको शिर्षक खुल्ला राखिएको छ। तर व्यक्तिगत आक्षेप लगाईएका कवितालाई सो प्रतियोगितामा मान्यता दिइने छैन।
3. कबिता नेपली भाषामा लेखिएको हुनु पर्नेछ ।
4. बालबालिका स्वयमले कबिता लेखेको हो कि अभिभावकले लेखेको हो ,छुट्याएर पठाउनु पर्नेछ ।
5. रचनाकारको पुरा नाम, उमेर, ठेगाना, सम्पर्क टेलिफोन नं अनिवार्य रुपमा लेखिएको हुनु पर्नेछ ।
6. विद्यालयमा अध्ययनरत भए सोको नाम ठेगाना र कक्षा तथा बालक्लबमा आवद्ध भए सोको नाम ठेगाना समेत लेख्नुहोला ।
7. पुरस्कृत हुन प्रतियोगीताका लागि छनौट भएकाहरुको उमेर खुलेको प्रमाण माग गरिने छ र यदी उमेर ढाँटेको पाइएमा स्वतः प्रतियोगिताबाट बाहिरिने छ ।
8. सो कार्यक्रममा बालबालिकाहरुले वाचन गर्ने एक प्रति कविता inls.nsw@gmail.com, अथवा अनेसासको Facebook Pageको Messagebox( https://www.facebook.com/INLS.AU/) मा १३ मे २०१८ आइतबार सम्ममा पठाईसक्नु पर्नेछ।
कविता चोरि गर्नु अपराध हो र कसैले स-प्रमाण दावा गरेको खण्डमा उक्त कविता स्वत: महोत्सवबाट बाहिरिनेछ । यस्तो प्रवृतीलाई निरूत्साहित गर्न अभिभावकको महत्वपुर्ण भुमिका रहनेछ भन्ने विश्वास संस्थाले राखेको छ
थप जानकारीका लागि:
सानु घिमीरे- 0424 981 983
महेश्वर शर्मा- 0425 800 382
दिपक निरौला- 0413897409
ममता तिवारी- 0431 450 930