अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले २०१६-२०१७ को अवधिमा सर्बोत्कृष्ट च्याप्टर घोषणा गरेको छ।

२०१६-२०१७ को अवधिमा विविध कार्यहरु सम्पादन गर्ने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पर्थ च्याप्टर, पश्चिम अष्ट्रेलिया सर्बोत्कृष्ट च्याप्टर घोषणा गरिएको छ।

यस अवधिमा सम्पन्न विभिन्न गतिविधिहरुसहितको १०० अंकको च्याप्टर छनोटका आधारमा पर्थ च्याप्टरले सबैभन्दा बढी अंक प्राप्त गरि सर्बोत्कृष्ट च्याप्टर घोषणा गरिएको हो।

सर्बोत्कृष्ट च्याप्टरलाई ५०० अमेरिकी डलर सहितको अनेसास राम लामा सर्बोत्कृष्ट च्याप्टर पुरस्कार प्रदान गरिन्छ।

साहित्यकार तथा अनेसासका सल्लाहकार गंगाराम लामिटारेको संयोजकत्वमा अनेसासका पूर्व अध्यक्षहरु बसन्त श्रेष्ठ र पुरु सुबेदी रहेको छनोट समितिले सो निर्णय गरेको हो।

यही मे ११ देखि १३, २०१८ मा न्युह्याम्पशायर, अमेरिकामा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलनका अवसरमा सो पुरस्कार प्रदान गरिने छ।

Total Page Visits: - Today Page Visits:
Shares