विन्डसोर, बेलायत । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिएका छन् ।
राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करिब ६ सय विशिष्ठ पाहुना सहभागी भए भने वैवाहिक समारोह भएको दरबार बाहिर हजार्रौ दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुशी साटासाट गरेका थिए । उनिहरूको विवाहलाई विश्वभर टेलिभिजनमार्फत विशेष उत्लासकासाथ अवलोकन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विवाह समारोहमा तेत्तीस वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले एकआपसमा सँगै जिउने वाचा गर्दै औँठी साटासाट गरेपछि परम्परा अनुसार केनटनबरीका आर्कसिशप जस्टिन वेल्बीले उनिहरू श्रीमान् र श्रीमती भएको घोषणा गरेका थिए । यसलाई एउटा ऐतिहासिक घटनाको रूपमा लिइएको छ ।
मार्कल आफ्नी आमासहित रोल्सरोयस गाडीमा विवाहस्थल पुगेकि थिन् भने सेन्ट जोर्जेज च्यापलमा पुगेसँगै ह्यारीका पिता युवराज चाल्र्सले मार्कलको हातमा समाएर वैवाहिक समारोहमा लगेका थिए । यसैगरी ह्यारी विवाह समारोहस्थलमा आफ्ना दाजु विलीयमसँगै पुगेका थिए ।
विवाहको खुशीयालीमा देशभर चियापान कार्यक्रमको आयोजना गरिएको समाचारमा जनाइएको छ । उनिहरू सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।
राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिकरुपमा देखापरेका थिए । अमेरिकी टेलिभिजनको टेलिश्रृखंलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा पनि संलग्न छन् । एएफपी![[Tags] 7553CE80-D6C7-4712-9EAB-C1F4DBAFE4CA-300x174 भब्य समारोहका बिच राजकुमार ह्यारि र मेगनको बिवाह सम्पन्न।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/05/7553CE80-D6C7-4712-9EAB-C1F4DBAFE4CA.jpeg?resize=300%2C174&ssl=1)