गजल

सम्भाब्यताका शहरहरु, चर्दै छु साथी
रहरहरुमा आज म बामे, सर्दै छु साथी !!

कहिले सुखका गोरेटा, कहिले दुखका
उम्रन्छ कि राहतका बिउ, छर्दै छु साथी!!

मरभूमिमा लागे प्यास, पसिनाले मेट्दै
माछी झै बहेलीमा सागर, तर्दै छु साथी!!

शुशेलीमा पोख्दै, अत्याहासका बहहरु
मिठा सपनाका ओराली, झर्दै छु साथी !!

धर्ती आकाश एउटै, ”आफन्त” सङ्ग टाढी
यो कस्तो मोहमाया जालमा, पर्दै छु साथी!!
——
श्रीभक्त पौडेल “आफन्त”
रेकज्याभिक, आईसल्याण्ड

Total Page Visits: - Today Page Visits:
Shares