काठमाडौँ । भारतमा भएको एघारौं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेगस्पीनर सन्दीप लामिछाने मंगलवार स्वदेश फर्किएका छन् ।  आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटीलगायतले स्वागत गरे ।

लामिछानेले आइपिएलबाट आफूले धेरै कुरा सिकेको भन्दै त्यो कुरालाई नेपाली क्रिकेटमा लागू गर्ने बताए । उनले आइपिएलमा नेपाललाई चिनाउने मौका पाएको भन्दै बलिङमा थप सुधार भएको धारणा व्यक्त गरे।

7E88C682-353D-47A2-9DDE-B1409F398022-300x93 सबैको मन राखेर देश फर्किए सन्दीप

  लामिछानेले अन्तिम तीन खेल खेल्ने मौका पाएका थिए । उनले खेलेको खेलेको तीन खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै कूल ५ विकेट झारेका थिए । उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । हाम्राकुरामा खवर छ ।

7E88C682-353D-47A2-9DDE-B1409F398022-300x93 सबैको मन राखेर देश फर्किए सन्दीप

Total Page Visits: 1009 - Today Page Visits: 1
Shares