बिनायक अधिकारी :- अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण र विशाल भण्डारी निर्देशित कमेडी चलचित्र ‘कोहलपुर एक्सप्रेस’ अब अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ। चलचित्रलाइ राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले अस्ट्रेलियामा प्रदर्शन गर्न लागेको हो।

अष्ट्रेलिया प्रदर्शनों जानकारी दिन राजधानीमा प्रेस मिट गरिएको थीयो। मिटमा अभिनेत्री तथा निर्मात्री केकी अधिकारी, निर्देशक बिशाल भण्डारी, कन्सल्टेन्सीको तर्फबाट पी.आर.अधिकारी, प्रतित खड्का, सुरज बस्नेतलगाएतको उपस्थिति थियो।

राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले यसअघि केकी अधिकारी अभिनित चलचित्र ‘लब सासा’ लाई पनि अस्ट्रेलियामा प्रदर्शन गर्ने जिम्मा लिएको थियो। वैशाख १४ गतेबाट नेपालमा प्रदर्शनमा आएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ ले नेपालमा सन्तोषजनक ब्यापार गर्न सफल भएको थियो।

चलचित्रमा केकीका अलावा प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ।

‘कोहलपुर एक्सप्रेस’मा अर्जुन पोखरेल, कालीप्रसाद बाँस्कोटा,राजनराज सिवाकोटीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, बिशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा/संवाद र भद्र बहादुर शाही,देवीलाल न्यौपाने (पण्डित),शिव प्रसाद चौलागाईको लगानी रहेको छ । 912F1726-7B83-422C-9E4B-582A4399AD3A-300x152 ‘कोहलपुर एक्सप्रेस’ अष्ट्रेलियामा दगुर्दै ।

Total Page Visits: 1829 - Today Page Visits: 1
Shares