भोलि १० जुलाइका दिन क्यानबेराको मनुका हलमा चलचित्र कोहलपुर एक्सप्रेस प्रदर्शन हुने भएको छ । नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्रले नेपाली बजारमा करोड क्लवमा बस्न सफल चलचित्र हो । चलचित्रमा केकीका अलावा प्रियंका कार्की, ऋचा शर्मा, रबिन्द्र झा, बिनोद न्यौपाने र बुद्धि तामागं लगाएतका कलाकार छन् । चलचित्रको cow काउ गीत चर्चामा रहेको गीत हो भने कथाका लागी यहॉंहरु हल सम्म आइदिनु पर्ने हुनेछ ।
चलचित्रलाइ क्यानबेरामा CNFC ले प्रदर्शन गर्न लागेको हो भने इभेन्ट पार्टनरको रुपमा Right and Associate ले सहकार्य गरेको छ । चलचित्र प्रदर्शनमा नायिका केकी अधिकारी क्यानबेराका दर्शक संगै चलचित्र हेर्न उपस्थित हुनेछिन तपॉंइहरुलाइ केकी संगै चलचित्र हेर्ने यो अवसर हुनेछ ।
![[Tags] 3B5B2CFD-D40D-4C0E-AA38-9695DF6C3A39-300x184 नायिका केकीका साथ कोहलपुर एक्सप्रेस](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/07/3B5B2CFD-D40D-4C0E-AA38-9695DF6C3A39.jpeg?resize=300%2C184&ssl=1)
Total Page Visits: 1065 - Today Page Visits: 1