बिनायक अधिकारी :- बिदेशमा नेपाली चलचित्रका दर्शक बढेसंगै अष्ट्रेलियाको राजधानि क्यानबेरामा पनि नेपाली चलचित्रको प्रदर्शन बढ्दो छ । राम्रा ब्यानरमा बनेका र कथा बस्तु पनि राम्रा भएका चलचित्रहरु जस्तै शत्रुगते र डमरुको डन्डिबियो दुइवटा शो चले । 

यसैगरि चलचित्रहरु चल्ने क्रममा रोमीयो एण्ड मुना चलचित्र प्रदर्शन हुने भएको छ । गौली इभेन्ट्स एण्ड म्यानेजमेन्टले प्रदर्शन गर्न लागेको उक्त चलचित्रमा पूर्व मीस नेपाल श्रृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठको रोमान्स रहेको छ । चलचित्र रोमान्स, प्रेम, पिडा, एक्सनका दृश्य दर्शकमा कौतुहलता जगाउने खालको छ । चलचित्र प्रदर्शनका दिन नायिका सृष्टि श्रेष्ठ र नायक बिनय श्रेष्ठ दुबैजना क्यानबेराका दर्शक संगै चलचित्र हेर्नेछन र फोटो खिचाउने छन्, राजु अधिकारीले भने ।

नरेशकुमार केसीको निर्देशन रहेको चलचित्र ‘रोमियो एण्ड मुना’मा विनय र श्रृष्टिको अलवा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरीको समेत अभिनय छ । प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य चलचित्रका निर्माता रहेका छन् ।

चलचित्र क्यानबेराको इभेन्ट्स सिनेमा हल मानुकामा ६ अगष्ट २०१८ का दिन सॉंझ छ बजे प्रदर्शन हुने कुरा गौली इभेन्ट्सका निरज गौलीले बताए । गौली इभेन्ट्सले टिकटका लागी राजु अधिकारी 0400 777 756 निरज गौली +61 431 320 060 र खुश्वु न्यौपाने 0413 065 517 लाइ सम्पर्क गर्न अनुरोध गरेको छ । साथै जुलाइ महिनामा तिज कार्यक्रमको टिकट लिनेलाइ $५ मात्रै लिइने छ भने चलचित्र प्रदर्शनका दिन तिजको टिकट पनि लिन सकिने कुरा गौली इभेन्ट्सका राजु अधिकारीले बताए ।

Total Page Visits: - Today Page Visits:
Shares