बिनायक अधिकारी :- अष्ट्रेलियाको क्विन्सल्याडमा तिज कार्यक्रम हुने भएको छ । नेपाली लोक गायन क्षेत्रमा चर्चित गायिका सुनिता दुलालको उपस्थितिमा तिज कार्यक्रम हुने भएको हो । महिला दिदिबहिनिलाइ लक्षित गर्दै सबै समुदायका साथीहरु मीलेर तिज कार्यक्रम गरेका हौं र यो नाफा कमाउने भन्दा पनि सामाजिक सहभागिता र आफनो कला संसकृतिको जगेनार्थ कार्यक्रम गर्न लागीएको कुरा आयोजक अमृत खत्रीले जानकारि दिए ।
१५ अगष्ट २०१८ का दिन बेलुका ५ बजे देखि हुने कार्यक्रम Wavell heights community hall, edinburg castle rd wavell heights qld मा हुने भएको छ । कार्यक्रमको इभेन्ट पार्टनर AE Global रहेको छ भने अन्य थुप्रै संघ संस्थाले प्रायोजन तथा सहयोग गरेका छन् । कार्यक्रममा बेष्ट डान्स अवार्ड र बेष्ट ड्रेस अवार्डको पनि ब्यवस्था गरिएको कुरा आयोजक अमृत खत्रीले बताए । कार्यक्रमको शुल्क $१० राखिएको हुनाले कार्यक्रम हुनुभन्दा दुइसाता अगावै सम्पूर्ण टिकट बिक्री भइसकेको छ । कार्यक्रम आयोजक समितिमा भानु बराल, हरि डिसी, सविता पौडेल, सुमी लुइटेल र सुनिता श्रेष्ठ रहेका छन् ।