बिनायक अधिकारी :- नेपाली चलचित्र क्षेत्रमा एउटा सफल ब्राण्ड बनाउन सफल छक्का पन्जा ३ प्रदर्शनमा आएको छ । नेपालमा ब्यबसायीक रुपमा अत्यन्तै सफल यो बर्षकै प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ क्यानबेरामा भरिया ग्रुपले प्रदर्शन गर्न लागेको हो । दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेल,दीपिका प्रसाई लगायतको मुख्य भुमिका रहेको छ । अतिथि भुमिकामा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत लगायत रहेका छन् । सरकारी बिद्यालय र निजि बिद्यालयको बिषय चलचित्रले उठाएको छ ।
दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले हास्यव्यंग्य कथामा सामाजिक सन्देश बोकेको छ ।
कहिले : Oct.29th
कहाँ : Event cinema, Manuka
टिकट दर: $20
समय: 6:30 pm
![[Tags] 49FB6E57-47FC-477B-8DA6-EFC7F341C5B0-300x214 ‘छक्का पन्जा ३’ क्यानबेरामा प्रदर्शन हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/10/49FB6E57-47FC-477B-8DA6-EFC7F341C5B0-300x214.jpeg?resize=300%2C214&ssl=1)