बिनायक अधिकारी : ३१ जनवरि २०१९
गत बर्ष क्यानबेरामा नेपाल आइडलको भब्य शो गरेको गौलि इभेन्ट्स (जेम) ले यस बर्षका दोस्रो नेपाल आइडल शो पनि गर्ने भएको छ । नेपाल आइडल भैसकेका आइडलहरुलाइ यहॉं ल्याएर कार्यक्रम गर्नु चुनौतीपूर्ण नै छ भन्दा अत्युक्ति नहोला । कार्यक्रमको ब्यवस्थापकिय पाटो आफैंमा महत्वपूर्ण पाटो हो भने आर्थीक रुपमा सवल हुनुपर्ने अर्को पक्ष हो । दुबै रुपमा सवल भएर कार्यक्रम गर्नु पक्कै सजिलो छैन । तर यसका लागी गौलि इभेन्ट्सले सक्दो प्रयास गरिरहेकै छ ।
यस बर्षका दोस्रो नेपाल आइडल रवि ओड सहित फष्ट रनरअप बिक्रम बराल र सेकेण्ड रनर अप सुमित पाठक सहित अश्मिता अधिकारी, अमीत बराल र पवन गिरी सहित टप छ जना क्यानबेरा आउने छन् । अन्तराष्ट्रिय रुपमा लोकप्रिय शो बाट छानिए टप लेभलमा पुग्नु पक्कै सानो कुरा होइन । यी टप प्रतिष्पर्धीलाइ आफनै ठॉंउमा संगै पाउनु सबै क्यानबेरा क्षेत्रका नेपालीकालागी खुसीको कुरा हो ।
![[Tags] B30A4FBC-E252-4B70-AA1C-8B343232B420-1024x532 नेपाल आइडलले रन्काउदै क्यानबेरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/01/B30A4FBC-E252-4B70-AA1C-8B343232B420.jpeg?resize=640%2C333&ssl=1)
यसपाली हामीले बिशेष ठुलो हलमा कार्यक्रम गर्न लागेका छौं । हल वातावरण मैत्री छ र डीजेको पनि ब्यवस्था भएको हुनाले कार्यक्रम ढिला सम्म संचालन हुनेछ गौली इभेन्ट्सका निरज गौलीले भने ।
कार्यक्रमको टिकट पहिला लिने बाट लक्कि ड्र गरि चार जनाएको लागी नेपाल आइडल टिमसंग ब्रेकफाष्ट वा लन्चको ब्यवस्था गरिने छ गौली इभेन्ट्सकै सदस्य खुश्वु न्यौपानेले थपिन ।
हामीले सबै पक्षवाट राम्रो गर्ने प्रयासों पक्कै पनि कार्यक्रम स्तरिय हुनेछ भन्ने आशा गरेका छौं र यसका लागी सबै क्यानबेरा, क्विनबियन र गोलवर्न सहितका साथीहरुले हामीलाइ साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा रहेको छ आयोजक राजु अधिकारिले मेरो कपुरी क लाइ बताए । यसका लागी $३० टिकट राखिएको छ भने सिमित समयका लागी $२५ राखिएको छ । टिकटका लागी आयोजक सदस्यहरु संग सम्पर्क गर्न सकिने छ । मेरो कपुरी क बाट पनि कार्यक्रम सफलताको शुभकामना ।
कार्यक्रम
Date : 9th February 2019
Venue : Thoroghbred Park (Betting Ring)
Time: 7 pm to till late