लेखक : काशी भुसाल

6F226EF6-1335-41BC-8136-DDB9C3816F12-253x300 फूल किन्ने केटी : अन्तिम भाग
लेखक

मेरो अगाडि ओभल सेपको होचो सिसा टेवल थियो, त्यो माथि हार्ट सेपको बर्थडे केक टुपुक्क तयार थियो, “ह्याप्पी बर्थ डे हार्ट” ऊसका लागि म हार्ट भएर केकमा लेखिएको थिए। सिसा टेवल वरिपरि मरुन गुलाफका फूलहरु मलाई स्वागत गरिरहेका थिए। मेरो सामुन्नै ऊ थिई, फूल किन्ने केटी, ऊसका आँखा गाजलले पोतिएका थिए.. मरुन लिपिस्टिकले ऊसका पोटिला ओठहरु मोहित बनेका थिए, ऊसका खैरो कपाल लुपुक्क बेरेर एकै ठाँऊ गुलाफ फक्रेझै गरि सजिएको थियो।
मेरो जन्मदिनमा आयोजना भएको ऊसको यो तयारी मेरा लागि भन्दा ऊसैलाई महत्व भएझैं लाग्थ्यो। म पुगेको झण्डै १ घण्टा पछि मेरा मामा र माईजू अपार्टमेन्ट भित्र आऊदै थिए, मलाई लिखुरे भनेर जिस्काऊने माईजूको पेट झण्डै दुई भकुण्डा पेट भित्र अड़्के झैं ठूलो भैसकेको थियो, मलाई एकथान गिफ़्ट प्याक माईजूले थमाईन, अनि मामा माईजू दुबैले फूल किन्ने केटी “महिमा” लाई हग गरे.. मलाई नि हग गरे!! सबै एकै साथ मुसुक्क हास्यौ, महिमाले क्यानोन क्यामेराले मेरा मामा माईजू सँगको तस्विर क़ैद गरि.. फेरि अटो मोडमा सबैको तस्विर क्लिक गरि!! 
ऊसको अपार्टमेन्ट ऊसको होईन मेरो हो जस्तो भान भईरहेको थियो, 
सानो छँदा अरुको वर्थडेमा गएर केक खान पाऊने कति वेला हो भनेर केक वरिपरि घुमिरहने म, तर आफ्नो जन्मदिनको केक जीवनमा यो भन्दा पहिला कहिल्यै देखिन, मेरो दुर्भाग्य, मेरो रहर त थियो होलानी अरुले झैं साथीहरु बोलाएर आफ्नो जन्मदिनमा केक भरि बलेको मैन फुक्दै ह्याप्पी वर्थ डे टु यु भनेर अरुले ताली पिटेको हेर्ने रहर, तर आज त्यो रहर पुरा भएको छ, विगतका साँवा ब्याजनै तिर्न पुग्ने गरि आज मेरो जन्म दिन बिशेष भएको छ। ऊसले बिशेष बनाएकी छे! 

केक अगाडिको माथि मेरो सिल्भर जन्मदिनको संकेत थियो, २५ वर्षको लोर्के म बन्दै थिए, नेपथ्यमा “गुगल होम्सले”  “ह्याप्पी वर्थ डे टु यु” भन्ने पार्श्व धुन गुन्जाईरहेको थियो, मैले बिस्तारै केक माथिका मैन फुके, 
विस्तारै तालीकै धुनमा “ह्याप्पी वर्थ डे टु यु” भन्दा महिमा ,मामा-माईजू गुनगुनाईरहे, ऊ, मेरो नजिक आई, मलाई केक काट्न आफ्नो हात म सँगै मिलाई,मैले केक जीवनमा पहिलो पटक काटे! मलाई एक स्लाइस ऊसले खुवाई, अनि त्यो जुठो आफै खाई..मेरो मसाईलो दारी गाला मुसार्दै केक लतपताई अनि मलाई कसिलो हग गरि… दुबै गालामा एक -एक थान किस पस्केर वर्थ डे वहिस् गरि। ऊसको सानो पर्स को जीपर खोल्दै एक ऊपहार मलाई थमाई, “एप्पल वाच”। मेरा मामा माईजू अमुक थिए, तर यथार्थ त्यहि थियो, मामा-माईजूले पनि एक स्लाइस केक मलाई खुवाए, मैले पनि पालै पालो केक खुवाए, मोटो खाम मलाई थमाए। 

– डु यु ड्रिंक? मलाई महिमाले सोधी
म एकैछिन् अनुत्तरित रहे..
“ईफ यू अल जोईन्, आई व्हिल!”
ऊ मुसुक्क हाँसी, पुड्की माईजू पनि हाँसिन्, मामाले जिस्काऊदै टाऊको हल्लाए, 
एक एक सिराज ३ प्याक महिमाले वाईन टकारी।
जीवनमा पहिलो पटक मदिरापान …नाई भन्नै सकिन!
सुरुप्प पारे , सिरिंग्ग भयो..! विस्तारै सुरुप्प सुरुप्प कति वेला दुई पेक सके..पत्तै पाईन, मेरी महिमा झन् कामुक देख्न थाले, मन भित्र अलि फरक फरक अनुभव गर्न थाले, अलि आत्मबल बढ़े झै हुन थाल्यो..! 
रातको १० बज्दै थियो, ऊसले वनाएको  इटैलियन खाना सँग हामी सबै रम्यौं, ईटालियन वाईनमा पनि हामी एकैछिन् जम्यौ, मेरी माईजू छुटिन्, कारण दुई ज्यानकी ऊनि!!


6F226EF6-1335-41BC-8136-DDB9C3816F12-253x300 फूल किन्ने केटी : अन्तिम भाग
आवरण चित्र

तीन प्याक वाईन सँगको घनिष्ठता यति भयो की अनुमानको ग्राफनै नाघ्यो। मन्द चिसो काठमाण्डूका सडकहरु शुन्य हुदै थिए, शहरका घर-घरका कोठाका बत्तीहरु निभ्दै थिए..शहर शुन्य बन्दै थियो तर म शुन्य बाट ऊकालिदै थिए।।
म बन्द कोठा भित्र कति वेला पुगे, कति वेला मामा माईजू सँग बिदा भए,म बेखबर जस्तै मातले बेहोसी बनिरहेको थिए। 
मेरो अगाडिको भित्तामा आफ्नै फ़्रेम देखे! म ऊसको नितान्त सयन कक्ष भित्र थिए, सेतो बेड सिट माथि  मरुन गुलाफका गुच्छाहरु छिरलबिरल थिए, म त्यहि लडिरहेको थिए। कुनै हलियुड सिनेमामा देखाईने भिडियो चित्र जस्तो, म कल्पना गरिरहेको थिए कि सपना भन्दा पनि कहिले काही यथार्थ सपना झैं मिठो हुदोरहेछ। 
ऊ मेरो नजिक आई,  सीलिंग मा बलिरहेको बत्ती झ्याप्प निभ्यो, बेड ल्याम्प टच गरि, बत्ती बिस्तारै मधुर बल्यो..एक गिलास पानी बेड ल्याम्प छेऊमा राखी! 
ऊसका गतिविधि म हेरिरहेको थिए, बेड छेऊको “wardrobe” बाट मरुन कलरकै नाईटी निकाली, 
– व्हिल यू हेल्प मि..? ऊसको आशय सँग म जानकार भैसकेको थिए,
  ~”सियोर” 
उसको पिठ्यूंका कसिला चार हुक पालै-पालो खोले, 
ऊ निरवस्त्र जस्तै बनि, मरुन रंगको नाईटी सुलुक्क कसिलो ज्यानमा छिराई। कुनै दिन कल्पना गरेको पनि थिईन म ऊसको यति प्राईफेट हुन्छु भनेर, तर म कल्पनाका भावनाहरु भन्दा पनि निकै माथि थिए। 
ऊ मेरो नजिक आई, ऊ पनि मात्तिएकी थिई म पनि ..यि सबै दोष ऊसले पिलाएको वाईन, हाम्रो ऊमेरसँगै हुर्किरहेको वासना थियो। 

मेरो पोलो टिसर्ट र  मेरो जिन्स पाईन्ट् तर ऊसको नाईटी, पट्क्कै नमिलेको कम्विनेसन, मैले टिसर्ट खोले, तर म सँग त्यति आँट आएन जति आँट ऊ मेरो अगाडि निरवस्त्र भएर नाईटी फेरि। 
-आर यु ओ के? 
ऊसले वाडरोव खोली सानो बिर्फ केस बाट लंग बक्सर पिस निकाली, 
-यो लगाऊनुहोस्! 
मलाई सेतो रंगको बक्सर हातमा थमाई।
~“मलाई त लाज लाग्छ”
– म आँखा चिम्लुला नी
~”चिम्लिएनौ भने..?”
– त्यति लजाऊने मान्छेले किन मेरो हुक खोलिदिएको त? 
म अवाक बने, सुरु सुरु पाईन्ट् खोले, हतार हतार ऊसले थमाएको बक्सर मेरो अण्डर ईनर माथिनै लगाए..। ऊ मुसुमुसु हाँसी …!
म लजाए! 
ऊ फेरि हाँसी!! यति हाँसी मलाई हेरि हेरि हाँसी।
मलाई एकपटक एेना हेर्न भनि, वार्डरोव मिररमा फर्केर हेरे… म पनि आफै हाँसे, बक्सर ऊल्टो परेछ, अगाडिको पछाडि , पछाडिको अगाडि। ऊ फेरि हाँसी !!   -हाऊ फन्नी! 
मलाई फेरि चुनौती, मैले जे सुकैहोस् फेरि यसलाई फेरिन।

यो समय यस्तो शुन्य बनिदियो कि मदिराले थोरै मातेको तनले मेरो मन बदलिदियो, एऊटा बन्द कोठा भित्र ऊसको ऊकालिदै गरेको बैंश मेरो बैंश अनि हाम्रो वासना, यि सबै हाम्रो जवानीको आकर्षणमा बलियो चुम्बक जस्तो प्रिय र प्रिया को रुपमा सम्रपण भएका थिए।हाम्रो सामिप्यताले सम्बन्धको निकटततामा देखिने आकर्षणको अन्तिम क्षणको वासना अनुभूत गरिरहेको थियो।हामी यस्तो परिस्थिति सम्म यति छिटो पुग्यौं कि मैले एऊटा कथा लेखे भने पनि पाठक लाई अपत्यारिलो लाग्दो हो, तर मलाई थाहा छ कति यथार्थहरु, कथाका पात्रहरुका परिदृश्य भन्दा पनि निकै रोचक हुन्छन्, सुन्दा र देख्दा पनि लोभलाग्दा हुन्छन्। सायद म सँग त्यहि सन्दर्भ पुरै मेल खादै थियो। 
ऊसले छेऊको बेड ल्याम्प एक क्लिक गरि ऊज्यालो थोरै मधुर भयो, ऊसका कोमल हातले मेरो छाती स्पर्श गरे, मेरो नितम्बमा ऊसका औंला पुगे मेरो स्वास बढ्दै गयो, मेरा हातले बिस्तारै ऊसलाई नजिक ताने.. मैले कसिलो हग गरे, ऊसका निधार देखि कम्मर सम्म एक -एक गरि किस गर्दै गए. ऊ काँपीरहेकी थिई, ऊसका ओठ थरथराईरहेका अनुभव गरे, मैले खुलेका आँखा बन्द गरे, ऊसले पनि बन्द गरि। जीवनका केहि पल त्यति मिठा सायदै रहे होलान् जति बेला ऊसको समिप रहेर म आलिंगन हुदैछु भन्ने आभास महसुस गरिरहेको थिए..।
ऊसका कसिला देब्रे वदनका शिरमा खोपिएका एक लाईन टाटु पढे.
“You ‘ll always be in my heart” मेरै लागि कोरे जस्तो। जति बेला टाटुका हरेक शब्दलाई मेरा चोर औंलाले एक-एक गरि स्पर्श गरिरहेका थिए..! ऊ गहिरो साधनामा डुबे जस्तो म कठोर साधक जस्तो.. सयन कक्षको सादा भित्ता पनि रंगिन मानिरहेको थिए..हामीलाई सम्हालेको बेडको सेतो बेड सिट पनि रंगिन मानिरहेको थिए..त्यो पल यति सन्नाटा छायो, मलाई ऊसका हरेक कम्पन सँग महसुस हुदै गयो, मेरो छेऊको ल्याम्प एक क्लिक गरे, बत्ती निभ्यो । ऊ अनि म..समय सुन्य, निशब्दता एक निशब्दता..!! पुरै समय सुन्य् घडि!!!
चरम रापले कांपीरहेका ऊसका ओठहरुले मेरा लाजहरु महसुस गरे, मेरा कांपेको संवेदनशीलता लाई ऊसका दुई हत्केलाले चरप्प कसे, ऊसको एऊटा अस्वभाविक हर्कतले म असाधारण बन्दै थिए, यि असहजतामा मैले कहिल्यै नदेखेका चिज देखे, नछोएका चीज़ छोए, नभोगेको मिठो पल पनि भोगें, छोएका सबै अंग-अंगको अत्रिप्त ओठे स्वाद पनि फेरे, कुनै बेला कलेजका क्रेज़ी केटाहरु सँग होस्टलमा हेरेको अन्जेलिना जोलीका आप्पतीजनक भिडियोहरु सम्झिन थाले। ऊ भित्र जागेंको त्यो राप सँग म यति रापिए..म पुरै बेहोसी जस्तै भए, मैले आँखा खोले, ऊसलाई आफ्नै अंगालोमा भरख्ररै जन्मेका बच्चा जस्तो निरवस्त्र पाए। चिंयुडोको चिटिक्क कोठी देखि ओठ सम्म स्पर्श गरे, बिस्तरै आँखा खोली लाजले भुतुक्क परि अनि सिरानीले छाती छोप्दै घोप्टो परि । 
भित्ताको घडिमा बिहानको ६ बज्दै थियो, म ऊसै माथि लुपुक्क परे मेरो छातीका पातला रौंलाई ऊसका कलिला ओठले स्पर्श गरे, मेरो सिथिल शरिर सँग ऊसको नियतीले फेरि एकपटक जीत हासिल गर्यो। एकाबिहानै एक अर्को शुन्य समय!
ऊ सावर लिएर टक्क मेरो अगाडि ऊभिई, सेतो टावेलले आफ्नो आधा शरिर  ढाक्ने गरी  सुलुक्क घुमाएर बीच छातीमा हल्का गाँठों पारेकी थिई, चिसो कपाल खुल्ला गरेकी ऊसका कपाल बाट अलि अलि बाँकी पानीका थोपाले ऊसका ढाड माथिको टावेल भिजाईरहेको थिए। म ऊसको नजिक पुगे, यसपाली पुरै फिल्मी शैलिमा पछाडि बाट मेरो छाती र ऊसको पिठ्यूं जोडे, ऊसका पछाडि फिंजिएका कपाल अगाडि झारे, मेरा देब्रे र दाहिने हातका दश औंलहरु ऊसको चिसो शरिर लाई दुई फरक फरक दिशा बाट टावेलको भित्रै-भित्र अद्रिश्य दुई ऊँचाई सम्म पुगेर रोकिए। ऊ झसंग्ग भई,  जुरुक्क कुम ऊचाली!
यू विईंग नट्टी अगेन? मलाई कामुक पाराले सोधी,
~एस आई एम! 
ऊसको कुम माथिको घाँटी विस्तारै मेरा झुसे दारीले रगटे, ऊ झन् कुम ऊचाल्न थाली, मैले भएभरको बल कति बेला सके …जति बेला ऊ म सँगै सावर भित्रै पुगिसकेकी थिई।

ऊसको अपार्टमेन्टमा एऊटा गजबको संयोग थियो, जुन संयोग हरेक हप्त्ता किन्ने फूल सँग थियो, एऊटा ठूलो तस्विरमा ऊसले हरेक हप्त्ता बूके चढाऊथी, त्यहि बूकेको कथाले मलाई यंहा सम्म पुराएको थियो!
स्कटल्याण्डी आमा र नेपाली बुवाकी छोरी थिई ऊ, आफ्नो बुवाको  कार दुर्घटनामा निधन भएपछि ऊ नेपाल फर्की र ऊसको बुवाको निधन भएकै बार ऊसले हरेक हप्त्ता यहि आफ्नो बुवाको तस्विरमा फूल चढाऊन शुरु गरि। 

ऊ, फूल किन्ने केटी , जो सँग म पुरै समर्पित रहे, मेरो हरेक जन्मदिनमा हाम्रो अघोषित एनिभर्सरी हुने दिन थियो, हाम्रो तेश्रो एनिभर्सरी म अझै सम्झिन्छु, म न ऊसको अपार्टमेन्ट थिए, न म ऊ सँग थिए,  मेरो जन्मदिनमा ऊसको फेसबुकको वालमा मेरा निम्ती केहि शब्द कोरिएका थिए,, मेरो जन्म दिनमा ऊसले शुभकामनाका शब्दहरु कोरेकी थिई, त्यो दिन मैले संयौ पटक ऊसका वालमा हेरिरंहे, तर ऊ नेपाल छाडेर स्कट्ल्याण्ड पुगिसकेकी थिई, नेपाल कहिल्यै नफर्कने गरि। मेरी “फूल किन्ने केटी”को फेसवुक वाल त्यसपछि कहिल्यै एक्टिभ देखिन। मेरो जन्मदिनमा पनि ऊसकाफेसबुक वाल खालीनै हुन थाले, त्यसपछि मेरो अघोषित एनिभर्सरी सदाका लागि गुमनाम रह्यो। ~~~~~समाप्त~~~~~

Total Page Visits: 2801 - Today Page Visits: 1
Shares