बिनायक अधिकारी ; क्यानबेरा
गजल कार्यक्रमहरुमा एउटा छुट्टै छाप छोड्न सफल भएको छ । सन् २०१४ मा अष्ट्रेलियाको सिड्नीबाट सुरू भएको नेपाली गजल कार्यक्रम यौटा अभियानको विश्वब्यापी हुन पुगेको छ र साहित्य मनपराउनेहरु बिच पनि उत्तिकै प्रिय हुन पुगेको छ ।
त्यसै प्रिय कार्यक्रमलाइ यसपटक भूटानका नेपालीहरूको बाक्लो उपस्थिति रहेको अष्ट्रेलियाको सुन्दर नगरी अल्बेरी-हुडुङ्गामा पहिलोपटक गजल मुशायरा कार्यक्रम आयोजना हुने भएको छ ।
भाषा र साहित्यको कुनै भुगोल हुदैन भन्ने भनाइ आत्मसाथ गर्दै नेपाली भाषालाई मनैबाट सम्मान गर्ने र यहि भाषालाई हरदम मन-मुटुमा लिएर बाँच्ने गजल सर्जकहरु दुर्गाप्रसाद रिमाल, रिमेन आलोक लगायतको प्रयासमा आयोजना हुने कार्यक्रममा स्रष्टा दुर्गाप्रसाद रिमालको रूबाई कृति “समयको आयु” को समेत लोकार्पण हुदैछ ।
![[Tags] 17E9E320-1BAD-4879-B53B-561EE69546AA अल्बेरिमा गजलको रन्को](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/17E9E320-1BAD-4879-B53B-561EE69546AA.jpeg?resize=640%2C465&ssl=1)
विगत पाँच वर्षदेखि आफ्ना सफल संस्करणहरू दिदै आएको गजल मुशायराले यसपटक क्रिएटिभ सर्कलसगँको सहकार्यमा यस कार्यक्रम यहि आउँदो २ मार्च, शनिवारको दिन २ बजेदेखि अल्बेरी इन्टरटेनमेन्ट सेन्टर (थिएटर रूम) अल्बेरीमा आयोजना हुने भएको छ । कार्यक्रममा अष्ट्रेलिया बाट सिड्नी, बृसबेन, एडीलेड, क्यानबेरा र मेलबर्न गरि ५ वटा राज्य र अमेरिकाका एक जना गरि बिस श्रष्टाको गजल वाचन, गजल गायन र गजलमा नृत्य समावेश गरिएको छ ।
![[Tags] 17E9E320-1BAD-4879-B53B-561EE69546AA अल्बेरिमा गजलको रन्को](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/BF6742F1-A729-4512-83F4-8B66907C56FE.jpeg?resize=358%2C403&ssl=1)