लेखक : काशी भुसाल
कर्णालीको कालीकोटे “भिमे” मलेशिया गाको अहिले झण्डै ६ वर्ष पुग्यो।
दलेको दल-दलमा चंग्रिदै बल्ल तल्ल ऊसको मलेशियाको भिषा आईपुग्यो, त्योदिन ऊ यति खुशी भयो भर्खरै महिना दिन अघि बिहे गरेकी श्रीमती “झुमा” पाऊँदापनि ऊ त्यति खुशी भएकै थिएन। अब ऊसलाई ओल्लो-पल्लो घरका साहु सँगबल्ल तल्ल गरि जुटाएको रिण तिर्न सक्छु भन्ने गर्विलो आँट आयो। भर्खरै बिहेगरेकी प्यारी पत्नी “झुमा” सँग संधै खुशी भएर सँगै जुठो-निस्तो खाँऊला भन्नेसपना भन्दा पनि त्यो क्षण मलेशियाको भिषा ठूलो भैदियो भिमेलाई।
एक दिन…
भिमे घर बाट बिदाई हुने दिन आयो। त्यो दिन ऊ यति चिन्तित बन्यो कि जति बेलाऊ मलेशियाको भिषा पाएको दिनको सबै खुसी पनि बिर्सिरहेको थियो।पहिलोपटक आफ्नी दुलहीलाई महिना दिनमै छोडेर बिधुवा बुढि आमाको ज़िम्मा लगाएरऊ परदेश ऊड्दै थियो। त्यो दिन ऊसकी झुमा धेरै रोई, रुंदा-रुंदै किंक्क -किंक्क धेरैगरि, झ्वाम्म भिमेलाई अँगालो पनि हाली, अब त ऊ डाँकोनै छाडेर रोई, यति रोई ऊरोएर थाक्दै थाकिन, आमाले आँखा भरि टिलपिल आँशु पारिरहँदा पनि बुहारीलाईसम्हाल्न खोज्दै थिईन। भिमे निर्जिव वस्तु जस्तो निशब्द थियो, ऊ सँग एऊटा नमिठोबिकल्प टुपलुक्क अजंग्गको पहाड़ जस्तै कठोर सपना अगाडि आईसकेको थियो, परदेशको सपना!! पहिलो पटक छोरोले घर छोडिरहँदा आमाका आँखा पनि धेरैभिजे, हरियो ब्लाऊजको ढाडमा प्वालै-प्वाल थिए, थोत्रो भैसकेको उनको त्योगुनियोमा पनि प्वालनै प्वाल थिए,उसोत त्यो गुनियोको रंग ऊडेर आफै कुरूप भएकोथियो।आमाका चाऊरी परेका छाला पनि घामले डढेर काला भएका थिए, तिअनुहार मलिन थिए, तर आमाको माया यति चम्किलो र गाढा थियो, ऊ जस्तालाखौं परदेश जादै गरेका युवाहरुले त्यति बेला पक्कै महसुस गरिरहेका हुंदा हुन् रत भिमेले आमाको ममता यति बेला निकै महसुस गरिरहेको थियो।
![[Tags] FBC107F9-4FCA-4782-BFEB-CD0D168B5B48 झुमा](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/FBC107F9-4FCA-4782-BFEB-CD0D168B5B48.jpeg?resize=640%2C648&ssl=1)
अन्तत: भिमे आफ्नी प्यारी रसिली झुमा र चाऊरी परेकी आमालाई हात हल्लाऊदैबिदा गर्यो!! परदेशको सपनामा आफूलाई पाँऊदा जति खुशी ऊ थियो त्यो भन्दासंयौ गुना पिडाका कठोर दिनहरु भिमेले गुजारिरहेको थियो त्यो सपनाको शहर, परदेशमा!
भर्खरै बिहे गरेकी श्रीमती झुमाको न्यानो अंगालो, आमाले पकाएको तातो दाल-भातयि सबै विरानो बन्दै थिए, झुमालाई भिमे सँगको हरेक रातको कसिलो अंगालो, ऊसको थालको जुठो भात, सबै हुरी बतास झैं हुरुरु सम्झनामा आएर हराऊने दन्तेकथा जस्ता भएका छन्, आजकल।
अस्ती सम्म भिमे काँहा छ कसैलाई थाहा छैन्, गएको वर्ष दिन सम्म आफ्नो दु:खकाकथा ब्यथा सबै झुमालाई सुनाईरहन्थ्यो, आफू अव स्वदेश फ़र्क़ने कुरा सुनाईरहनथ्यो। झुमा, भिमेको दुखको कथामा हरेक दिन रुन्थी र ऊसको आशु पुछ्नेबिकल्प भिमेकी आमाको ढाडस् थियो। तर आज ५ वर्ष भयो भिमेको आवाज झुमार आमाले नसुनेको। र अहिले झुमाको आँशु पुछ्ने भिमेकी आमा पनि छैनन्। आज, आमाको मृत्यु हुँदा भिमे बेख़बर छ, दाग बत्ती दिने छोरो पनि परिस्थितिले बेखबरछ।
झुमा , ए भिमेकी झुमा…!!
पल्ला घरका साहु झुमाको झुप्रोमा आएर झुमालाई बोलाऊदै थिए..!! ऊ केहिबोलिन। झुमा घर बाहिर पालीमा पल्टीरह्की थिई, घरको बलेनीमा रात भरिकोअसिना पानी जम्मा भएर पोखरी जस्तै ताल परेर जमेको थियो। झुमाको झुप्रोकोपाली भित्रका दलिन पनि भिजेर राताम्य थिए।
चिसो बिहान थियो, एकै छिनमा झुमाको झुप्रो घर बहिर एक एक गरि मान्छेहरुजम्मा हुन थाले, गाँऊ भरिका बुढा-पाका केटा-केटी ऊसको बलेनीमा जम्मा हुनथाले। सबैको गुन-गुन,अर्कै सन्नाटा…!
तर बिडम्वना..!!
यसपाली झुमा कहिले नऊठ्ने गरि निदाएकी थिई!!
~~~~~समाप्त~~~~~
लेखक- काशी भुसाल