अमेरिकाको बोष्टनमा कथा वाचन हुने भएको छ । आउँदो मे महिनाको ४ तारिक शनिवार हुन लागेको सो कथा वाचन उत्तरअमेरिकाव्यापी हुने कार्यक्रम संयोजन समूहले बताएको छ । कवि / साहित्यकार गोवर्धन पूजा , कृष्ण कुसुम र महेश्वर पन्तको संयोजनमा हुन लागेको सो कार्यक्रमको आयोजना ‘राजमित्र स्मृति प्रज्ञा परिषद’ ले गर्न लागेको हो । प्रवासमा रहेर कथा लेखनमा सक्रिय सष्ट्राहरू बीच आत्मीयता बढाउन र कथाका माध्यमबाट प्रवासको जीवनानुभव साटासाट गर्न आयोजना गर्न लागिएको कार्यक्रममा क्यानाडाका डा. गोविन्दसिंह रावतसहित कृष्ण धरावासी, हरि अधिकारी लगायत नेपाली साहित्यका चर्चित सर्जकहरूको सहभागिता रहने कुरा आयोजक संस्थाका संरक्षक एवं साहित्यकार सुशील नेपालले बताए ।’
राजमित्र स्मृति प्रज्ञा परिषद’ साहित्यकार सुशील नेपालको दिवंगत पिता राजेन्द्रप्रसाद नेपाल र माता मित्रवंद नेपालको सम्झनामा सन् २०१५ मा अमेरिकाको बोष्टनमा स्थापित संस्था हो । साहित्य र समाजसेवाको क्षेत्रमा काम गर्दै आएको संस्थाले २०१५ देखि हालसम्म बोष्टन क्षेत्र वरपर रहि साहित्यक्षेत्रमा सक्रिय चार स्रष्टालाई सम्मान गरिसकेको छ भने आगामी बर्षबाट बोष्टनभन्दा बाहिरका स्रष्टाहरूलाई पनि समेट्ने निर्णय गरेको छ ।

Total Page Visits: 2079 - Today Page Visits: 1
Shares