गजल
अनिता भण्डारी (पौडेल )
नँया बानेश्वर , काठमाडौँ
सलाईको काँटी जस्तै बल्छ जिन्दगी
बल्दाबल्दै उस्तैगरी जल्छ जिन्दगी
सुख दू:ख परिश्रम अनि सफलता
फेदै नभई टुप्पोमै फल्छ जिन्दगी
यताउता दौडीन्छ मन शान्ती खोज्न
दौडिदा दौडिदै अचानक गल्छ जिन्दगी
सन्चै छौ सोध्ने फुर्सद छैन कसैलाई
यस्तै गरी एक्लै एक्लै चल्छ जिन्दगी
लादैनौं केही तर चाहिन्छ भएजती
तेरो मेरो गर्दागर्दै ढल्छ जिन्दगी
Total Page Visits: 1689 - Today Page Visits: 1