गजल
अनिता भण्डारी (पौडेल )
नँया बानेश्वर , काठमाडौँ
धेरै टाढा पुग्यौ तिमी बाटो बिर्सिएर
के को रसले भुल्यौ भन माटो बिर्सिएर
संसारलाई नियाल्नु छ भन्थ्यौ सधैसधैँ
हिडदाहिड्दै जिन्दगीको पाटो बिर्सिएर
पाउरोटीमै उठ्छ जीवन पाउरोटीमै सुत्छ
यति मिठो दालभात शुद्ध आटो बिर्सिएर
झुपडी बेची दियौ महल बनाउछु भनी
परिवार त्यसै दङ्ग पुरानो खाटो बिर्सिएर
आफ्नै आँगन बिरानो भो पहिचान हरायो
को आयो को गयो थाहा भएन नातो बिर्सिएर
Total Page Visits: 1221 - Today Page Visits: 1