बिनायक अधिकारी : १९ अप्रिल २०१९
एउटा स्तरिय सामाजिक कथामा बनेको चलचित्र बुलबुल क्यानबेरामा प्रदर्शन हुने भएको छ । चलचित्रमा मुख्य पात्रको रुपमा अहिलेकी स्टार नायिका स्वस्तिमा खड्काको मनछुने अभीनय रहेको छ भने उनलाइ मुकुन भुषाल अर्थात चोपेन्द्रको भुमिकामा छन् । नेपाल तथा अष्ट्रेलिको सिड्नीमा तिन शो हाउसफुल रहेको थियो भने ब्रिसबेनमा पनि हाउसफुल भएको थियो । बुलबुल एउटा स्तरिय कथामा बनेको गज्जव चलचित्र रहेको धेरै प्रतिक्रिया आएका छन् ।
क्यानबेरामा हिमालयन बिजनेस ग्रुप क्यानबेराको मुख्य प्रायोजनमा मेरो कपुरी क डट कमको प्रस्तुती रहेको छ भने इनोभेटिभ एसोसियट, डि एम लिगल, एस एण्ड एस एकाउन्टिंग, अजि फाइनान्स, एक्सपर्ट एजुकेशन, जेबि एजुकेशन एण्ड माइग्रेसन, मण्डला कन्सलटेन्सी र काठमाडौं ट्राभलले प्रायोजन गरेका छन् भने जेम गौली इभेन्ट्स, यात्री इभेन्ट्स, मुस्तागं नेपलिज रेष्टुरेन्ट, एनइए, एजे क्लिनिगं र ब्लु एज ब्याण्डले सहयोगी भूमिकामा रहेका छन् ।
चलचित्र अप्रिल २२ सोमबारका दिन क्यापिटल सिनेमा मनुकामा बेलुका ठिक ६:३० बजेवाट सुरु हुनेछ । यहॉंहरु पनि एउटा स्तरिय चलचित्र हेर्न नछुटाउनु होला । बुलबुल चलचित्रको प्रत्येक बिक्रि टिकटको $५ क्यानबेराको खेल सम्वन्धि क्लवलाइ प्रदान गर्नेकुरा चन्द्र तिवारिले बताउनुभयो ।
![[Tags] 351ED230-5ECC-4A9F-A75A-45E0E655775A बुलबुलको क्यानबेरामा चुलबुल](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/351ED230-5ECC-4A9F-A75A-45E0E655775A.jpeg?resize=640%2C906&ssl=1)