बिनायक अधिकारी : १६ सेप्टेम्बर २०१९

क्यानबेरा । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ क्यानबेरामा प्रदर्शन हुने भएको छ । चलचित्रमा मुख्य कलाकारका रुपमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सनविक्रम राई, बुद्दि तामाङ, विजय बराल रहेका छन् ।
स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको चलचित्रमा रीश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको पनि अभिनय छ ।

चलचित्रलाइ रामबाबु गुरुङले निर्देशिन गरेका हुन ।
मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेको चलचित्रको सह–लगानीकर्ताको रुपमा रुदेन सदा लेप्चा छन् । चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।

दि यात्री इभेन्ट्सले प्रदर्शन गर्न लागेको चलचित्रको मुख्य प्रायोजन ब्रिम्टा एजुकेशनले गरेको छ भने गोल्ड स्पोन्सरको रुपमा वेभटेक सोलुसन रहेको छ त्यस्तै सन्नि होम्सले प्लाटिनम स्पोन्सर गरेको छ । त्यस्तै प्राउड स्पोन्सरको रुपमा हिमालयन बिजनेस ग्रुप, एस एण्ड एस एकाउन्टिंग, एजे क्लिनिगं, डिएम लिगल, इपि माइग्रेसन अष्ट्रेलिया, अजि फाइनान्स एण्ड होम लोन र एक्लो रहेका छन् ।
मिडिया पार्टनरको रुपमा merokapurika.com, फोटोग्राफि पार्टनरमा दि एअर पिक्सल त्यस्तै सपोर्टरहरुमा थ्रिडि इभेन्ट्स, गौली इभेन्ट्स र गोल्डन स्पुन क्याफे रहेका छन् भने चलचित्र सेप्टेम्बर २१ र २३ का दिन इभेन्ट्स सिनेमा क्यापिटल थिएटर मानुकामा प्रदर्शन हुनेछ । टिकट दर $२५ राखिएको छ ।

Total Page Visits: - Today Page Visits:
Shares