बिनायक अधिकारी

क्यानबेरा/ छक्का पन्जा निर्माण समूहको बहुप्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’ को क्यानबेरा प्रदर्शन हुने भएको छ । चलचित्रमा केकी अधिकारी, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, सुपुष्पा भट्ट, रजनी गुरुङ लगाएतका कलाकार रहेका छन् । चलचित्रमा माओवादी जनयुद्धको कथालाइ पनि जोडीन खोजेको देखिएको छ । हाल उक्त चलिचित्रको जुनको जुनेली गीत चर्चामा रहेको छ ।

दीपेन्द्र लामा निर्देशित चलचित्रको यो गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको सहकार्यमा निर्माण भएको यस फिल्ममा रोहित अधिकारीको लगानी रहेको छ ।

चलचित्रमा दीपकराज गिरीको पटकथा र अभिमन्यु निरबी, केदार घिमिरे, जितु नेपालसहितको संवाद छ भने जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेका छन् ।
Dbass Events को प्रस्तुतिमा ब्रिम्टा एजुतेशनको मुख्य प्रायोजन रहेको चलचित्रमा गोल्ड स्पोन्सरको रुपमा अजी फाइनान्स एण्ड होम लोन, सिल्भर स्पोन्सरको रुपमा एसबिए मोर्गेज सलुसन र जनरल सेपोन्सरको रुपमा हिमालयन बिजनेस ग्रुप, जेबि एजुकेशन र काठमाडौ ट्राभल रहेका छन् ।
चलचित्र १४ अक्टुवर २०१९ का दिन इभेन्ट्स सिनेमा मानुकामा बेलुका ६:१५ बाट प्रदर्शन हुनेछ ।

76504AF8-E606-4A56-8B9A-CA1C0C32965B-710x1024 जुनको जुनेलीमा : छ माया छपक्कै क्यानबेरामा ।

Total Page Visits: - Today Page Visits:
Shares