गत २६ अक्टुबर २०१९, सनिवारका दिन अष्ट्रेलियाको सुन्दर नगरी मेलवर्नस्थित क्रेकिवर्न सेकेन्डरी कलेज क्रेकिवन अष्ट्रेलियामा प्रमुख अथिति हनरेवल रोस इस्पेन्श एम पि (Parliamentary secretary for road infrastructure) बिशेष अथितिहरू हनरेवल निल एन्जुस एम पि (Shadow Minister for Citizenships and Multicultural Affairs), सि आर कार्ली मोरी ( Hume City Council Mayor), ग्ल्यान वल (President U3A) लगायतको बिशेष उपस्थितिमा नेपालीहरूको महान पर्व वडा दशै तथा शुभ तिहार- २०१९ को अवसरमा केक काट्दै ११ औं सफल पुनर्वास वर्ष मनाउनकासाथ एल्वम कनेक्सन ( CONNECTION ) को भव्य बिमोचन गरिएको छ ।
![[Tags] 46949CF1-5FB9-4513-BA73-77193BC44467-1024x683 अष्ट्रेलियामा ११ औं पुनर्वास वर्ष मनाइयो : संगै गीति एल्वम कनेक्सनको बिमोचन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/11/46949CF1-5FB9-4513-BA73-77193BC44467.jpeg?resize=640%2C427&ssl=1)
नेपालीमूलका चार सर्जकहरू दुर्गाप्रसाद रिमाल, झगेन धिमाल, रिमेन आलोक र दिपक शर्मा धिमालको संयुक्त एल्वम कनेक्सनको बिमोचन कार्य सम्पन्न लगात्तै एल्बमको प्रोमो देखाइएको थियो । देश लुटाउॅनेहरूलाई देशको झझल्को दिने गितहरू बजिरहदा दर्शकहरूको आखाॅ रसाएका थिए । एल्वम समिक्षाको क्रममा संचारकर्मी लक्ष्मण संजेलले यो एल्वमले व्यवसायिक पाटोलाई भन्दा पनि मनको अन्तरध्वनीलाई आत्मासाथ गरेको बताएका थिए ।
कार्यक्रममा एल्वम कनेक्सनमा समाबेश चार सर्जकहरूलाई सम्मान गर्दै भूट्निज-नेपाली इथ्निक स्कुल मेलवर्नका बर्तमान प्रिन्सिपल श्री पर्शु बुडाथोकीले आजोजकको तर्फबाट सर्जकहरूलाई नेपाली भाषा, साहितेय र संस्कृति जगेर्णाको खातिर पिर्याएको योग्दानको मुल्यकंन गर्दै बिशेष धन्यबाद समेत दिएका थिए। यसै गरि सर्जकहरूको तर्फबाट दुर्गाप्रसाद रिमालले आभार ब्यक्त गर्दै; “आज हामी जे गरिरहेका छौ, सायद यो भोलीले बताउला । आशा र अपेक्षा भन्दा पमि कर्ममा बिस्वास गर्ने बताउॅदै यस एल्वमलाई संगितिक अभियानको रूपमा सम्पिर्णमाझ लिएर आएको जानकारी दिएका छन् ।
![[Tags] 46949CF1-5FB9-4513-BA73-77193BC44467-1024x683 अष्ट्रेलियामा ११ औं पुनर्वास वर्ष मनाइयो : संगै गीति एल्वम कनेक्सनको बिमोचन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/11/8DF90AD6-E03F-4ED9-B25D-D027F9DB26C3.jpeg?resize=640%2C581&ssl=1)
क्रिएटिभ सर्कल अष्ट्रेलियाको प्रस्तुतिमा रहेको उक्त एल्बममा भागत, नेपाल र भूटानका गरि तिन देशका नेपाली गित-संगित पारखीहरूको सम्लग्नता छ । भारतबाट गायक कर्मग्यल्छन बोम्जन र गायिका बानिका प्रधान, त्यसैगकि नेपालबाट गायक तथा संगितकार राजनराज सिवाकोटी, सि डी बिजय अधिकारी, प्रकाश तिमसिना, मिना निरौला र कमल खत्री अनि भूटानी गायक/संगितकार प्रताप सुब्बा, अर्जुन रसाइली, अमर सुब्बा तुम्बाफो, किशोर सिवाकोटी, किरण गज्मेर, टेकन दहाल र एन के ब्रदर्शको स्वर तथा संगित समाबेश छ । यस एल्बममा समाबेश ‘आमा’ र ‘तिम्रो चिनो’ गितलाई ह्युट्युबमा राखिसकेको र अन्य गितहरू पनि क्रमस भिडियो सहित आउॅने अर्का सर्जक रिमेन आलोकले जानकारी दिए ।
![[Tags] 46949CF1-5FB9-4513-BA73-77193BC44467-1024x683 अष्ट्रेलियामा ११ औं पुनर्वास वर्ष मनाइयो : संगै गीति एल्वम कनेक्सनको बिमोचन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/11/71727AE4-0D46-4602-BED6-A3EA247C99DD.jpeg?resize=640%2C581&ssl=1)
मेलवर्नबासी भूट्निज-नेपाली इथ्निक स्कुलका बालबच्चालाई साच्ची राख्दै अनि मेलवर्नमा वसोवास गर्नुहुने नेपालीमूलका भूटानी समाजका जेष्ठ नागरिकबाट आशिर्वाद लिदै यो एल्वम कनेक्सन (CONNECTION) को बिमोचन कार्यक्रम सान्त, सब्य र स्मरणयोग्य बनेको कार्यक्रमका संयोजक देवि घिमिरेको दाबी छ। यसै गरि कार्यक्रम आजोजक मध्यका एक तथा यसै एल्बम कनेक्सनका सर्जक झगेन धिमालले सामाजिक सन्जालमार्फत कार्यक्रम इतिहासिक भएको दाबी गरेका छन् । उनले लेखेका छन् – “मेल्बर्न बासी भुटानी/नेपालीहरुको शौभाग्य भन्नु पर्छ यहाँ निकै लामो समयसम्म सम्झिन योग्य कार्यक्रमहरु सफल्ताको साथ सम्पन्न भएका छन। २०१६ मा अस्ट्रेलिया भरीबाट हाम्रा समुदायका गायकहरुको कन्सर्ट हुँदै गर्दा अस्ट्रेलिया भरीबाटै आउनु भएका साहित्यकारहरुको सामूहिक गजल संग्रह “ कंगारूको देशबाट” बिमोचन हुँदै थियो। त्यही झजल्को मेट्यो यसपालीको एल्बम – कनेक्सन बिमोचनले पनि। मेल्बर्न बासीलाई विस्वास गरेर कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्णमा धन्यबाद। अझै धेरै यस्ता इतिहास बोक्न सक्ने कार्यक्रमहरु गर्न सकौं।”
मेलवर्नमा पुनर्वास भएका ८० वर्षमाथिका जेष्ट नागरिकलाई सम्मान समेत गरेको उक्त कार्यक्रमको सन्चालन शिव आचार्य र देबि घिमिरेले गरेका थिए भने आयोजना भूट्निज-नेपाली इथ्निक स्कुल मेलवर्न र सिनियार सिटिजन ग्रूप मेलवर्नले गरेको थियो ।
एल्बम कनेक्सनलाई अफिसियलरूपमा सि डि एम क्रिएसन काठमाण्डौले बितरण गरेको छ भने अष्ट्रेलियाकोलागि ‘हाम्रो चिनारी टिम मेलवर्न’, ‘साझा आवाज परिवार’ र अमेरीकाकोलागि साहित्य सर्जक धर्मेन्द्र तिमसिना ‘क्षितिज’ ले बितरणमा साथ दिएका छन् ।