बिनायक अधिकारी ; क्यानबेरा

हल्का बिदेशी स्वर रहेको नेपाली गीत कस्तो हुन्छ सुन्नुभएको छ ? छैन भने सुन्नुहोस मीठो सुनिन्छ ।
अष्ट्रेलियाको राजधानि क्यानबेरामा रहेर नेपाली गीत मार्फत आफुलाइ नेपाली गीत संगीतमा जोड्न सफल गायीका हुन् आयुष्का खनिया । मैं छोरि सुन्दरी, जुन त लाग्यो ताराले र यो मनले के भन्छ जस्ता चर्चित गीतहरुमा स्वर दिइसकेकी गायीका खनियाको “मेरै लाहुरेले” गीत बजारमा आएको छ । लेखु सहयात्रीले लेखेको गीतको संगीत दिपक शर्माले गर्नुभएको छ भने नरेन्द्र बियोगीको एरेन्जर रहेको छ । गीतमा छायॉंकन सुदिप बरालले गर्नुभएको छ भने निर्देशन प्रियंका कार्किको रहेको छ । गीतमा लाहुरेसंगको प्रेममा कस्तो भाव रहन्छ भनेर प्रस्तुत गरिएको छ ।

Total Page Visits: 2661 - Today Page Visits: 1
Shares