श्रीभक्त पौडेल “आफन्त”

आखिर किन मिठो साथ छुटाएर गयौ
फक्रिएको लाली यौवन लुटाएर गयौ

तिम्रै नाउँमा यो जिन्दगी बकपत्र दिएं
बिश्वाशघात नै मेरो लागि जुटाएर गयौ

सपनाको घर भरोशाको जग बन्दैगर्दा
हाम्रो थियो शिशा महल फुटाएर गयौ

आखिर किन मिठो साथ छुटाएर गयौ
फक्रिएको लाली यौवन लुटाएर गयौ

के भूल थियो मेरो मायामा खोट भए देखाउ
जिन्दगीमा जिन्दगी कै साथ टुटाएर गयौ

आखिर किन मिठो साथ छुटाएर गयौ ??

Total Page Visits: - Today Page Visits:
Shares