कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीत “मुटु भरि देश बोकि” सार्बजनिक भएको छ। कविता र गीतमा कलम चलाउंदै आएका शर्माको यो पहिलो गीत हो।रुपन्देहीको देवदहमा स्थाईरुपमा बसोबासगर्ने शर्मा हाल अष्ट्रेलियाको सिड्नीमा छन। नेपाली साहित्यमा कलम चलाउंदै आएका शर्माको यस अघि कविता संग्रह “प्रवासका जूनहरु ” प्रकाशित भएको थियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय सदस्य तथा अनेसास न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष समेत रहेका शर्माले डायस्पोरिक साहित्यमा आफ्नो बलियो स्थान बनाएकाछन। राष्ट्र प्रति समर्पित सो गीतमा नेपाली सांगीतिक क्षेत्रका उज्जवल नक्षेत्र ,धेरैका प्रेरणाका स्रोत,सुमधुर स्वरका धनि गायक रामकृष्ण ढकाल तथा चर्चित गायीका मेलीना राईको स्वर रहेको छ भने थूप्रै चर्चितगीतहरुका सर्जक नेपाली सांगीतिक आकाशमा एउटा ओजस्वि नाम बनाएका मेलोडी संगीतकार आनन्द राईको संगीत रहेको छ। यसैगरि संगीत संयोजन महाराज थापाको रहेको छ। साथै मिक्सिङ्ग साजन शाह(स्टुडियो एपलस् अनामनगर काठमाण्डौ) मा भएको हो।

सो गीतको म्युजिक भिडियो निर्देशन युवराज वाईबा,सम्पादन विकास दाहाल,छायङ्कन राज पोखरेल तथा दिपेन्द्र भट्टको रहेको छ।
सो गीतको म्युजिक भिडीयोमा रचनाकार महेश्वर शर्मा ,गायक रामकृष्ण ढकाल,गायीका मेलिना राई,संगीतकार आनन्द राई तथा सोनम पाण्डे शर्मा,कृष्ण शर्मालाई समेत देख्न सकिने छ भने कलाकारहरु सरोज दाहाल र साक्षी लम्सालको अभिनय रहेको छ।

Total Page Visits: 1787 - Today Page Visits: 2
Shares