सुदीप त्रिपाठी प्रतीक
विस्रवेन २९, मार्च

कोरोना भाइरसका कारण यतिवेला विश्व नै संकटमा परेको छ । नियमित सञ्चालन भईरहेका हरेक गतिविधि हुन वा मानिसको दैनिक जीवन होस यसको प्रत्यक्ष तथा परोक्ष प्रभाव परिरहेको छ ।
अस्ट्रेलियाको विस्रवेनमा विगत ३ बर्ष देखि निरन्तर सञ्चालन गरिदै आएको योग अभ्यास गत साता हुन सकेन कारण थियो कोरोना भाइरस ।
हिजो शनिवार र आज आइतबार विहान योग अभ्यास कार्यक्रमको सम्पन्न भएको छ । जुम एप को मद्यतबाट कार्यक्रमलाई अनलाइन माध्यमबाट सुचारु गरिएको हो । योग अभ्यासमा विगतको तुलनामा सहभागीता पनि बढेको छ । कोराना भाइरसले धैरेको काम काज ठप्प भएको बेला योग अभ्यासको लागि समय मिलेको हुन सक्ने कार्यक्रममा सहभागीहरुको बुझाई छ ।
कार्यक्रमको निरन्तरताका लागि आगामी साता देखि २ दिने योग अभ्यास कार्यक्रम सञ्चालन गरिने योग प्रशिक्षक महेश दाहालले जानकारी दिनुभयो । कार्यक्रम विहान ६:३० बजे देखि ८:३० बजे सम्म हुनेछ । योग अभ्यास कार्यक्रममा सहभागी हुन चाहानेले महेश दाहालसँगै योग अभ्यास कार्यक्रममा सहभागी हरुलाई सम्पर्क गर्न सकिने बताइएको छ ।
यस अघि नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्डको सहकार्यमा साप्ताहिक रुपमा आइतबार विहान विस्रवेनको स्पीड्डहिल सामुदायिक हलमा योग शिविर सञ्चालन गरिदै आइरहेको थियो। शिविरमा नेपाली समुदायको मात्र नभई, चाईनिज, इन्डियन, अस्ट्रेलियन लगायतका अन्य समुदायका मानिसहरुको पनि सहभागिता हुदै आइरहेको छ ।

Total Page Visits: 1501 - Today Page Visits: 1
Shares