नेपालमा कोरोनाबाट आज थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ।
यस्तै आज ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ७ हजार २ सय २६ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यसअघि बुधबार ६ हजार ७ सय १६ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए।
आज काठमाडौं उपत्यकामा संक्रमित हुनकेो संख्या २ हजार ३ सय ६७ जनामा कोरोना पुष्टि भएको छ ।
यो बुधबारको भन्दा बढी हो । आज काठमाडौँ जिल्लामा १७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३६४ तथा भक्तपुरमा २६५ जना संक्रमित थपिएका छन् ।
यसअघि बुधबार काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका थिए ।
नेपालन्यूजमा खवर छ ।
फोटो : गुगल