२०१८-२०२० का लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले सचिव पदमा मनोनित गरेका स्पन्दन बिनोदको बर्चश्व परदेशमा नेपाली भाषा साहित्यमा प्रगाढ रहेको छ। के बर्षा, के पानी, के चाड, के परिवार, सबै छोडेर नेपाली भाषा, कला र साहित्यका लागि दिन रात खट्टिएका भक्तपुर दधिकोटमा नाायण प्रसाद धिमाल र सरस्वति धिमालका जेष्ठ सुपुत्रका रूपमा जन्मिएका स्पन्दन बिनोदले अनेसासको ईतिहास रचेका छन्। यौटै कार्यकालमा सचिव हुँदै महासचिव भएर अध्यक्ष समेत भएका छन्। सबैले मन पराउने छवि र कार्य कुसलता एवम् प्रखर साहित्यिक सक्रियताका कारण स्पन्दन बिनोदले यो सफलता हासिल गर्न सक्षम रहेको संस्थाका बरिष्ठ सल्लाहकार सुनील संगमको भनाई छ। यूरोपको अन्तिम बिन्दुमा आफ्ना दुई गजल संग्रह एकै चोटी बिमोचन गर्ने प्रथम नेपाली स्पन्दन बिनोदको नेपाली
साहित्य प्रतिको अति लगाव प्रदेशमा अन्य कुनै सर्जकमा नदेखिएको अनेसास पोर्चुगलका अध्यक्ष वाई वी गुरुंगले बताउनु भयो। अनेसास पोर्चुगलको ९औ अधिवेशनका निर्वाचन संयोजक एन आर एन ए पोर्चुलका आईसीसी सदस्य रविन अधिकारी क्षेत्री ले सर्वसम्मत रूपमा निर्वाचितहरूको नाम सार्वजनिक गर्नु भएको थियो। लक डाउनको बेला पोर्चुगलको सरकारले घोषणा गरेको सामाजिक दूरी अवलम्बन गरी उक्त अधिवेशन गरिएको थियो। लक डाउन सकिए लगत्तै सार्वजनिक कार्यक्रम गरी पुरानो कार्यसमितिको बिधाई तथा नयाँ कार्यसमितिलाई प्रमाण पत्र दिने कार्यक्रम संचालक स्पन्दन बिनोदले बताए। अनेसास पोर्चुगलको नव कार्यकाल २०२०-२०२२ अहिले सम्मकै उत्कृष्ट हुने अनुमान गरिएको छ।
संरक्षक:
मकर हमाल
सल्लाहकार:
सुनील संगम, उपाध्यक्ष अनेसास केन्द्र
रविन अधिकारी, ICC सदस्य, एनआरएनए पोर्चुगल
नारायण काजी मगर, ICC सदस्य, एनआरएनए पोर्चुगल
तिलक गैरे,अध्यक्ष , एनआरएनए पोर्चुगल
वाई वी गुरुंग, निवर्तमान अध्यक्ष, अनेसास पोर्चुगल
अध्यक्ष: स्पन्दन बिनोद
व. उपाध्यक्ष: बद्री बाबु पोखरेल
उपाध्यक्ष: सवी श्रेष्ठ
उपाध्यक्ष: बिशेष अत्रेय
महासचिव: अर्जुन बाराहाली
सचिव: शम्भू सिल्वाल
कोषाध्यक्ष: बिजय गुरुंग
सह- कोषाध्यक्ष: बिमला (बिध्या )आचार्य
सदस्य: यादव देवकोटा
सदस्य: अरून भेटवाल
सदस्य: सागर साह
सदस्य: नविन पाण्डे
सदस्य: रमेश भट्टराई
सदस्य: शान्ती अर्याल
सदस्य: ऋतु पाख्रीन तामांग
सदस्य: दिव्यकान्त उप्रेती
सदस्य: सोम अनुराग बस्नेत
सदस्य: स्मिता सत्याल
सदस्य: किरण लिम्बू
![[Tags] CDB84776-88B6-4255-8F82-B47CB55E34AA अनेसास पोर्चुगलले रच्यो ईतिहास:](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/05/CDB84776-88B6-4255-8F82-B47CB55E34AA.jpeg?resize=564%2C960&ssl=1)