लेखक : अशोक शर्मा

3AB64D5E-2CD1-4499-8934-14D27840792B-1024x768 गँजेडी बाबाको सपना ।

उनले भने : मेरो आँखामा हेर्नुस।मैले हेरें।उनले मेरो आँखामा ।मैले उनको आँखामा ।हेराहेर भयो ।
केही क्षणमै फेरि भने : तपाईं बाथरुम जानुस त।
छक्क पर्दै सोधेँ  : किन जानू? म आफ्नो भाग्य हेराउन आएको हो। पहिले त्यो भन्नुस।
“त्यसैले त भन्दै छुँ। बाथरुम गएर आउनुस।”
“किन?”
“हस्तमैथुन गरेर आउनुस ।”

3AB64D5E-2CD1-4499-8934-14D27840792B-1024x768 गँजेडी बाबाको सपना ।
https://successedu.com.au/


“के वाहियात कुरा गर्नुभएको ?” म झोक्किएँ
“तपाईंको दिमागभरी कामुकता मात्र छ । मलाई अरु कुरा हेर्न गार्हो भयो।” उनी शान्त हुँदै मन्द मुस्कानमा बोले।
“म झसङ्ग भएँ।”
फेरि थपे : पख्नुस म पनि जान्छु। तपाइँको दिमागका नग्न तस्विरले मेरो ध्यान खलबलियो। आउनुस। म सङ्ग आउनुस, यतातिर छ बाथरुम।
फ्रेस भएर आएपछी ती डरलाग्दा बाबाले फेरि आँखामा हेर्न भने। उनी नामुद थिए भाग्य पढ्नमा। त्यो पनि हातका रेखा बिना। जन्मकुन्डली जस्ता प्रमाण बिना।एकसास गाँजा तानेपछी उनी आँखामा हेरेर भाग्य बताउन सक्थे। उनले तेहि गरे।भन्नथाले : तपाइँ त पुर्वमन्त्री हुनुहुँदो रहेछ। त्यो बालाजुको जग्गा पास गर्दा……!
“पख्नुस ! पख्नुस !! भविस्य बुझ्न भनेर आएको म। मेरो इतिहास नखोल्नुस।”
बाबा : म त्यही त गर्दैछुँ।
“मैले कुरा बुझिन।”
बाबा : पूरा सुने पो बुझिन्छ त।
“ल भन्नुस। सुन्छुँ।”
“त्यो जग्गा तपाईंले जसरी हत्याउनु भएको थियो । सोही कर्तुतले भविस्य बिगार्दै छ तपाइँको ।”
“के गर्ने होला त । केही उपाय दिनुस न।”
“म भविस्य मात्र बताउन सक्छुँ। अरु उसको मर्जी भन्दै बाबाले आकाशतर्फ हेरे र फेरि एक सर्को गाँजा ताने।”
म अब छटपटिएको थिएँ ।
बाबाले एक्कासि प्रस्ताव राखे : छोड्नुस अब सान्सारिक मोह। एतै बस्नुस।
“म के गर्नु यहाँ बसेर? न तपाइँजस्तो भविस्य हेर्न आउँछ मलाई।”
“तपाइँ हुन्छ मात्र भन्नुस न। असम्भव के छ र?म सिकाउँछु तपाइँलाइ।”
एसो सोच्दा। साँच्ची के छ र अब त्यहाँ फर्किनका लागि? भएको कुर्सी गइसक्यो। बाबाको प्रस्ताव राम्रै लाग्यो।
बाबाले भित्र लगेर गए मलाई । भवन भव्य थियो। एउटा कोठा देखाएर आराम गर्न भने।
कोठा भित्र छिर्न लाग्दा ढोकामा पुर्वमन्त्री कक्ष लेखेको देखेर छक्क परेँ।होइन के भइराखेको छ ? प्रश्नवाचक चिन्हले बाबातिर हेरेको, उनी मुस्काउँदै थिए। अनि भने : आराम गर्नुस आज। भोलि सबै छर्लङ्ग हुन्छ।
भोलिपल्ट विहान उठेर नित्यक्रम सकेँ। बाहिर निस्किंदा देखेँ , बाबा त थुप्रै स्वदेशी र विदेशीले घेरिनु भएको थियो।
उनिहरु विभिन्न NGO/INGO बाट आएका रहेछन।
बाबा भन्दैथिए : मेरो सपना । मेरो उद्येश्य भनेको पुर्व मन्त्री, पुर्व सान्सद र नेताहरु सबैलाइ यहाँ ल्याउने हो।त्यसपछि कति अद्भुत हुन्थ्यो होला ।”देशको भविस्य बनाउनेहरुले। अब देश बनाउनेहरुको भविस्य बताउँदा?”
यो सुनेर सबैले ताली बजाए। एउटी बिदेशी युवतिले बाबाको कुरालाइ अङ्ग्रेजीमा दोहोर्याइन अनि अन्त्यमा भनिन : वाउ ! हाउ वन्डरफुल कन्सेप्ट ! वि आर विथ यु बाबा जि।
म चाहिँ सम्झिने प्रयास गर्दै थिएँ कि बाबा पहिले कुन मन्त्रालयमा थिए।
समाप्त

गँजेडी बाबाको सपना (कथा) । (अशोक शर्मा )मिति :२०७९/०१/१३

Total Page Visits: - Today Page Visits:
Shares