![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 बिध्यार्थीका लागी क्यानबेरा उपयुक्त : नेपालमा स्किल भीजाका बारेमा सूचना कम दिइन्छ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/4FE70310-DC56-4379-A08D-5629C61018A6.gif?resize=626%2C80&ssl=1)
सक्केस एजुकेशन एण्ड भीजा सर्भिस क्यानबेरामा यतिबेला कामको भ्याइनभ्याइ छ । बिभिन्न भिजाका बारेमा जानकारि संगै कलेज र यूनिभर्सिटीबारे सूचना पनि दिनु पर्दछ । यी बिविध कामसंगै जवरेडि प्रोग्राम र बुट क्याम्प (dented code)को सहयोगमा हप्ताको दुइ दिन १६ मार्चबाट हुनेछ । यसको मुख्य उद्देश्य ७०% IT जवलाइ security clearance चाहिन्छ तर ३०% प्राइभेट कम्पनिहरुमा छ । त्यसलाइ कसरि एप्लाइ गर्ने कहॉं एप्लाइ गर्ने भनेर सजिलोको लागी हामीले काम गर्दछौं ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 बिध्यार्थीका लागी क्यानबेरा उपयुक्त : नेपालमा स्किल भीजाका बारेमा सूचना कम दिइन्छ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/3B5D5CF8-640B-437B-9242-94DDF81A60BA.jpeg?resize=640%2C537&ssl=1)
IT मा सर्टिफिकेट मात्रै भन्दा पनि थप स्किल चाहिन्छ त्यो स्किल अव हामीले सक्सेसबाट दिने छौं । कुनै पनि जवको पनि ३ वटा तह हुन्छन् जसमा रेजुमीमा कस्तो की वर्डहरु राख्ने, सेलेक्सन क्राइटेरियामा कसरि लेख्ने, इन्टरभ्यूमा कस्ता कुराहरुमा ध्यान दिने भनेर सिकाउने योजना रहेको छ जसले गर्दा भर्खरै आइटि सकेका बिध्यार्थीहरुलाइ एकदमै लाभ हुनेछ सक्सेस एजुकेशनका डाइरेक्टर आदर्शजंग पाण्डेले बताउनुभएको छ ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 बिध्यार्थीका लागी क्यानबेरा उपयुक्त : नेपालमा स्किल भीजाका बारेमा सूचना कम दिइन्छ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/F0C4EE22-6D90-4A88-858E-DF2BF88AC071.jpeg?resize=640%2C540&ssl=1)
पाण्डेका अनुसार नेपाली मुलको पहिले रजिष्टर्ड भएको हुनाले धेरै सेवा दिइएको छ तर जसलाइ सेवा दिइएको छ त्यसमा सकेसम्म सत प्रतिशत सेवा दिने प्रयास भएको छ । काम गर्दा कहिलेकॉंहि नचाहेर पनि बिग्रन सक्छ तर जसको त्यस्तो समस्या भएको छ त्यस्ता साथिहरुलाइ हामीले पुरै काम नसकिदा सम्म हेर बिचार गरिरहेका छौं । सक्सेसमा सेवा लिन आउने बिध्यार्थीहरुमा नेपालीहरु जम्मा २० प्रतिशत र ८० प्रतिशत अन्य देशका रहेका छन् । पाण्डेले सस्तो सेवा भन्दापनि गुणस्तरिय सेवा दिने प्रयास आफूहरुले गरिरहेको बताउनुभयो । नेपालीहरुमा अझैपनि पैसा तिरेर अपोइनमेन्ट भन्दा सस्तो तिर लाग्ने तर अन्य देशका पैसा तिरेर अपोइन्टमेन्ट लिने र गुणस्तरिय सेवा खोज्ने गरेको बताउनुभयो ।
डाइरेक्टर पाण्डेले आफूहरुले शत प्रतिशत बिश्वासिलो सूचना दिएका छौं । जुन कुरा हुदैन त्यस्ता कुराहरुलाइ हामी हुन्छ भनेर झुलाउने काम गर्दैनौं हुन्छ हुन्छ हुदैन हुदैन भन्छौं । हामी त्यहि गुणस्तरिय सेवा दिने हुनाले UC र CIT को प्लाटेनियम एजेन्ट भएका छौं ।
२०१६ नोभेम्वर देखि २०२२ जुलाइ सम्ममा क्यानबेराको पपुलेशन बढेर गएको हुनाले पनि यहॉं राम्रो भयो । सिड्नी र मेलवर्नमा कामदार घटेर गएको हुनाले उनिहरु थप लचिलो भएका हुन त्यसैले २०२२ जुलाइ पछि नेपालीहरुको सहित अन्य देशका बिध्यार्थीहरुको क्यानबेरा प्रबेशमा कमी आएको हो । पाण्डेले क्यानबेरा मात्रै यस्तो सिटि हो जस्तो माइग्रेसन पोलिसि एउटै रहि रहन्छ तर अन स्टेटमा भने परिवर्तन भइरहन्छ त्यसैले बिध्यार्थीहरु यहॉं ढुक्कले बस्न सक्छन् । क्यानबेराले बर्षको जति कोटा पॉंउछ त्यो दिइरहन्छ जसले गर्दा भविष्य सुनिश्चित भयो । क्यानबेराको कोटा ५०० बाट बढेर ४०५० पुगेको छ जसले गर्दा पनि क्यानबेरा सुरक्षित छ ।
क्यानबेरामा अन्य जस्तो सप्लाई बढ्ने अनि डिमाण्ड घट्ने हुदैन र यहॉं ट्राफिक, कामको दुरि, काम सबैकुरा सहज छ । उहॉंले skill migration का बारेमा नेपालमा कम सुचना दिइएको हुनाले पनि हामी बिध्यार्थी भिजामा बढि आउने गरेका छन् त्यसैले हामीले नेपालबाट कसरि skill migration मा नेपाली यहॉं ल्याउन सकिन्छ भनेर पहल गरिरहेका छौं । जो bachelor or master सकेर बसिरहनु भएको छ र ३/४ बर्षको कामको अनुभव रहेको छ उहॉंहरुले अष्ट्रेलिया आउन भन भएमा कसरि गर्ने भनेर सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ जसले गर्दा थोरै पैसामा सिधै पिआर लिएर अष्ट्रेलिया आउन सकिनेछ ।