E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 ताली र हॉंसो नसकिदै सकियो “गजल मुशायरा” ।

अष्ट्रेलियाको शहर सिड्नीमा “गजल मुशायरा” कार्यक्रमको नयॉं संस्करण सम्पन्न भएको छ । सिड्नीमा छ वटा सफल श्रृंखलाहरू, ब्रिसबेनमा एउटा, एडिलेडमा एउटा, अल्बेरीमा एउटा भव्य संस्करणहरू र नेपाल(नुवाकोट) र मलेशियामा दूई संस्करण सहित यो सिड्निको सातौं संस्करणमा अष्ट्रेलिया भरका गजलकारले गजल वाचन गर्दै सकिएको छ । कार्यक्रम सेप्टेम्वर २३ तारिख सनिबारका दिन अपरान्ह १:३० बजेदेखि सिड्निको सिभिक थिएटर हर्टसभिलमा सम्पन्न भएको हो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 ताली र हॉंसो नसकिदै सकियो “गजल मुशायरा” ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 ताली र हॉंसो नसकिदै सकियो “गजल मुशायरा” ।

सुरुवाति देखिनै वाहबाहि पाएको गजल मुशायरामा यस बर्ष भने नयॉं तथा पुराना गजलकार गरेर २९ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा बिपना पौडेल र जेनिशा गौतमको नृत्य रहेको थियो भने गायक द्वय सुवास लामिछाने र संजिव पराजुलीले गीत गाएर छमछमी नचाउनु भएको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 ताली र हॉंसो नसकिदै सकियो “गजल मुशायरा” ।

गजल वाचनमा यस पटक सिड्नीबाट जितेन्द्र मल्ल, अशोक शर्मा, आदर्श खत्री, ओमराज अधिकारी, सन्जिव पाण्डे, निस्प्रभ सजि, बुद्धिसागर दवाडी, खगेन्द्र खत्री, राहुल अर्याल, निमेश भण्डारी, ममता तिवारी, सुस्मिता दाहाल, छत्र बहादुर धामी, उत्सव आरसी र शिबजी भण्डारी हुनुहुन्थ्यो भने न्यूकासलबाट इश्वर पौडेल रहनुभएको थियो । ब्रिसबेन बाट डा केशव शर्मा र कृष्ण समर्पणको सहभागीता रहेको थियो भने तास्मानियाबाट सुमन पौडेल हुनुहुन्थ्यो । मेलबर्नबाट लक्ष्मण सन्ज्याल, रमेश अधिकारी, कल्याण अधिकारी, प्रिसुइन्स रेग्मी र शुसील शर्मा सापकोटा भने क्यानबेराबाट बिनायक अधिकारी, नारायण बराल र तुल्सा पाण्डे लगाएतका गजलकारहरुले साथ दिनुभएको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 ताली र हॉंसो नसकिदै सकियो “गजल मुशायरा” ।

संस्थाका संस्थापक सदस्य सुरेन्द्र दवाडीले गजल मुशायरा स्थापना देखाइ अहिलेको अवस्था सम्मको बारेमा चर्चा गर्नुभएको थियो । दवाडीले पहिलो चरण एवं छत्र बहादुर धामी र अनिशा खड्काले दोस्रो चरण गरेर संचालन भएको कार्यक्रममा नेपाली र अष्ट्रेलियाको राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रम पछि सम्पूर्ण गजलकारहरुलाइ खादा ओढाएर स्वागत गरिएको थियो । कार्यक्रममा कमल संघर्षको गजल संग्रह “खुडी” र लोकेन्द्र बन्जाराको गजल संग्रह पलक संग्रहको अष्ट्रेलिया ब्यापी लोकार्पण गरिएको थियो । गजलकार र सहयोगी संस्थाहरुलाइ प्रमाणपत्र प्रदान गरेर कार्यक्रम अन्त्य भएको थियो । उपस्थिति सबैलाइ चिया खाजाको प्रवन्ध गरिएको थियो । कार्यक्रममा एनआरएनए अष्ट्रेलिया सहगोयी संस्थाको रुपमा रहेको थियो । कार्यक्रम सफल बनाउने सबै संघ संस्था र ब्यक्तिहरुलाइ संयोजकका तर्फबाट जितेन्द्र मल्लले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, निवर्तमान अध्यक्ष नन्द गुरुगं लगाएत बिभिन्न संघ सस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा गायकहरु सुवास लामिछाने र संजिव पराजुलीले गीत गाएर छमछमी नचाउनु भएको थियो । त्यहि सॉंगितिक माहौलमा स्वर थप्दै अर्का गायक रोसन रेग्मी आइपुग्नु भयो त्यसपछि त के चाहियो तिन गायकको गायकीमा ३० गजलकारहरु नाचेर माहौल गजलले तातेको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 ताली र हॉंसो नसकिदै सकियो “गजल मुशायरा” ।

कार्यक्रमलाई Title Sponsor को रुपमा आर्थिक सहयोग उपलब्ध गराउने Innovative Associates, Gold Sponsor हरु Expert Education and Visa Services, Aussie Finance & Home Loans, The Muglan, Multi Dynamic, MandalaLegal, Valentine Woodfire Pizza, 365 Home Loans (JR & Solutions) र First Rate Removals तथा Supporter हरु ANGEL HOME LOANS, Support Foundation- Registered NDIS Service Provider, Indreni function centre, Hari pest control र Rawson Super Market रहेका थिए ।

मोती जयन्तीको अवसरमा २०१४ देखि सिड्नीमा आयोजना हुँदै आएको गजल मुशायरा कार्यक्रम गजल तथा साहित्य मन पराउनु हुने व्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम हो । गजल मुशायराको मुख्य आकर्षक पक्ष भनेको भाषण नहुनु हो, अनावस्यक नबोल्नु हो । चट्ट स्टेजमा आउने आफना गजल भन्ने र फर्कने । सबै अतिथी सबै श्रोता सबैलाइ समान सम्मान । त्यसैले त गजल मुशायरा परिवारलाई संसारभरि छरिएर रहेका नेपाली गजल सर्जकहरूले अगाध स्नेह देखाएका छन् ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 ताली र हॉंसो नसकिदै सकियो “गजल मुशायरा” ।

Total Page Visits: 532 - Today Page Visits: 1
Shares