‘माता औंसी’ को सु-अवसर पारेर आमाको कोमल चरणमा डण्डवत गर्दै संसारभरिका आमाहरूकोनिम्ति शब्द अर्पण सहित…
आमासगँ बिताएका हरेक पल प्रिय लाग्छन् । आमासगँ मागेर, नभए घुर्काएर या त रिसाएर भए पनि जसोतसो आधारभूत आवस्यकताहरू पुर्ति गरेको छु । बदलामा केहि दिन सकेको छैन् । मैले आमाकोलागि यसो गरे, उसो गरे भन्ने केहि पनि छैन र खास गरेको पनि केहि छैन् ।
कयौँ दिनहरू भोक-भोकै र कयौँ दिनहरू आधा पेट खाएर हामी पाँच सन्तानलाई जसो-तसो हुर्काउँनु भयो, सिक्षा-दिशा दिनु भयो । यसमा बाबाको पनि उत्तिकै योगदान छ ।
आज यो पुण्य दिनमा आमाले हाम्रोनिम्ति जे जति गर्नु भयो शब्दमा दुरुस्त उतार्ने जमर्को गरेको छु र सम्पुर्ण आमाहरूको सम्मानार्थ शब्द अर्पण गरेको छु ।
शब्द -दुर्गा रिमाल
संगित/स्वार – कर्मग्यालछन बोम्जन
एरेन्ज- नर्बु शेर्पा
प्रस्तुति – क्रिएटिभ सर्कल अष्ट्रेलिया
(नोट- अष्ट्रेलियामा पुनर्वासित नेपालीभाषी सर्जकहरू झगेन धिमाल, रिमेन आलोक, दिपक शर्मा धिमाल र दुर्गा रिमालको संगितिक एल्वम – ‘कनेक्शन’ मा यो गित समाबेश हुने छ । एल्बम, क्रिएटिभ सर्कल अष्ट्रेलियाको प्रस्तुति रहनेछ ।)
जय गित! जय संगित !