काठमाडौं। बिदेश पठाउछु भन्दै ठगी गरेको आरोपमा अछामको रामारोशन गाउपालिका अध्यक्ष झंकर साउद भास्कर पक्राउ परेका छन्। महानगरिय प्रहरी प्रभाग काँडाघारीले साउदलाई काठमाडौंमा रहेको उनकै कोठाबाट सोमबार बेलुकी पक्राउ गरेको हो ।
मकाउ पठाइदिने भन्दै तीन बर्ष पहिले चार जना युवाबाट चारलाख रुपैया लगेर ठगि गरेको भन्दै जिल्ला प्रशासन काठमाडौंमा साउद बिरुद्द उजुरी परेको थियो।
पीडित पूर्णबहादुर खड्काका अनुसार साउदले खड्काबाट दुई लाख, रबि बस्नेत, राजेन्द्र बहादुर चन्द, विश्नु क्षेत्रीबाट एक एक लाख रुपैया तथा पासपोर्ट लगेका थिए।
पटक पटकको प्रयास पछि साउदले ३ चरणमा गरि एक लाख ५० हजार फिर्ता गरे पनि बाँकी रकम माग्दा उल्टै धम्काउने गरेपछि प्रहरीमा उजुरी दिएको खड्काले बताए।
साउदले यसवाहेक विभिन्न प्रलोभन देखाइ आफुहरुबाट थप रकमसमेत लगेको पिडितहरुले सुनाए ।
महानगरीय प्रहरीले भने जिल्ला प्रसासनबाट पक्राउ गरि दुबै पक्षलाई छलफलका लागि बोलाउनु र सहमती नभए कार्यालयमा हाजिर गराउनु भन्ने पत्र आएको जानकारी दिएको जनाएको छ।
साउदले तत्कालिन नेकपा माओबादीबाट अध्यक्षमा जितेका हुन । उनले बिदेश पठाइदिने भन्दै युवाहरुबाट रकम ठगिगर्ने तथा योजना पारिदिने भन्दै थुप्रैबाट अग्रिम कमिसन लिने गरेको गुनासो स्थानियहरुले गरेको छन्। हाम्राकुरामा खवर छ ।
![[Tags] BD0F56F3-7F48-4FF9-9AB4-4EF85DB2D31D-300x215 गाउँपालिका अध्यक्ष ठगी धन्दामा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/07/BD0F56F3-7F48-4FF9-9AB4-4EF85DB2D31D.jpeg?resize=300%2C215&ssl=1)