अनिता भण्डारी
नँया बानेश्वर, काठमाडौँ
फूललाई सोधे काँडालाई सोधे
जूनलाई सोधे तारालाई सोधे
दुई दिन उनि बेखबर हुँदा
के भयो मलाई सारालाई सोधे
बेचैन भयो मन छट्पट्टियो तन
निन्द्रालाई सोधे आँखालाई सोधे
गीत थियो भाव थियो मनभरी
संगीत थिएन भाकालाई सोधे
झमझम पानी साँझको समय
ओत थिएन छातालाई सोधे ।
Total Page Visits: - Today Page Visits: