बिनायक अधिकारी :- जन सम्पर्क समिति क्यानबेरा/क्विनबियनको तेस्रो तथा अन्तिम रक्तदान सम्पन्न भएको छ । आज २५ जुलाइ २०१८ का दिन भएको रक्तदानमा बिभिन्न प्राबिधिक कारणले सबैजनाले रक्तदान गर्न सक्नुभएन तर पनि सेवा भावले रक्तदानमा आउनु भएका सबैप्रति हामी कृतज्ञ छौं, आज १५ जना गरि ४५ जनाले रक्तदान कार्यमा सहभागी हुनुभएको छ, सबैलाइ धन्यवाद दिन चाहन्छु सभापति अशोक सुबेदिले भने । हाम्रो पहिलो प्रयास हो जति गर्न सक्यो यसमा खुसी छौं र भोलिका दिनमा अझै भब्य कार्यक्रम गरेर देखाउने चाहना छ सुबेदिले थपे ।
बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा एनआरएनए एसिटीका उपाध्यक्ष अशोक बस्नेत, सिएनएफसि का पूर्व अध्यक्ष चुडामणी सापकोटा, आयोजक संस्थाका अध्यक्ष अशोक सुबेदि, क्यानबेराका अग्रज पत्रकार प्रदीप तिमील्सीना, राजेश गुरुगं लगाएत पन्ध्र जनाले रक्तदान गरेका थीए ।
![[Tags] 42D5B173-B2E4-4B3E-95A1-7DFBFB7816E4-300x225 क्यानबेरामा पैंतालिस जनाले गरे रक्तदान ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/07/714D2234-DEA2-4F2A-B624-51688CFF50DA.jpeg?resize=225%2C300&ssl=1)