बिहानीलाई सोधें मैले, रात कस्तो हुन्छ
बेहोशीलाई ब्यर्थै सोधें, मात कस्तो हुन्छ !
हिजोआज यस्तैयस्तै, मनमा कुरा चल्दा
बैगुनीलाई भेट्दा सोधें, घात कस्तो हुन्छ !
मौनतालाई चिर्ने आंट, कसले गर्ला कुन्नि
जालीलाई बोलाइ सोधें, बात कस्तो हुन्छ !
परदेशीका यादमा बाच्ने, धन्न रैछ्यौ मुना
हुलाकीलाई हिजो सोधें, खात कस्तो हुन्छ ! ( चिट्ठी पत्रका)
लाञ्छानाले मायालुलाई, बिछोड पारिदीदा
भन भन कसलाई सोधुँ, जात कस्तो हुन्छ ???( पिरतिको )
श्रीभक्त पौडेल आफन्त
चितवन हाल स्पेन
Total Page Visits: 1609 - Today Page Visits: 1